नेपाल भ्रमण वर्ष २०२० सफल पार्न बेलायतमा उच्चस्तरीय समिति

आइतबार, ०६ माघ २०७५, १५ : ३६ चिरन शर्मा  | @chiranuk

लण्डन - नेपाल सरकारले घोषणा गरेको 'भिजिट नेपाल २०२०' सफल पार्न  बेलायतमा एक उच्चस्तरीय समिति गठन गरिएको छ। वेलायतस्थित नेपाली समुदायका प्रतिनिधि तथा वेलायती सांसद समेतको उपस्थितमा शनिवार साँझ दूतावास भवनमा आयोजित एक समारोहकाबीच बेलायतका लागि नेपाली राजदुत  डा. दुर्गा बहादुर सुवेदीको संयोजकत्वमा  नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरीय मुल समिति युके गठन गरिएको हो।

उच्चस्तरीय मुल समितिको सदस्य सचिवमा दूतावासका उपनियोग प्रमुख शरदराज आरण तोकिएका छन्। कार्यक्रमलाई सम्वोधन गर्दै ब्रिटेनको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले ब्रिटेनमा बसोबास गरिरहेका गैरआवासीय नेपाली नेपालका सेल्सपर्सन भएको बताए। सांसद शर्माले नेपाली डायस्पोरा बेलायत र नेपालबीच पुल भएको बताए। 'यदि पुल बलियो भएन भने त्यसले दुई देशबीचको सम्बन्धमा पनि असर पर्नेछ', उनले भने। उनले ब्रिटेनबाट नेपाल भ्रमण गर्ने पर्यटकहरुको संख्या एक लाख पुर्‍याउने लक्ष्य हासिल गर्न सकिने खालको भएको भन्दै त्यसकालागि बेलायतमा बसोबास गर्ने सबै समुदायसँग भिजिट नेपालको सन्देश पुर्‍याउनु पर्ने सुझाव दिए।

यस्तै साेही कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सुवेदीले गत केही वर्षयता बेलायतबाट नेपाल जाने पर्यटकहरुको संख्या बढ्दै गएको र यो वर्ष ८३,००० ब्रिटिश पर्यटक नेपाल लैजाने उद्देश्य लिइएको बताए। उनले नेपालमा पर्यटन प्रबर्द्धन गर्न नेपालीहरुका संघसंस्थाका साथै बेलायतमा बसोबास गर्ने सबै नेपालीहरुलाई आग्रह पनि गरे।

समितिमा एनआरएनए यूके, ब्रिटेन नेपाल सोसाइटी, यूके नेपाल फ्रेण्डसीप सोसाइटी, ब्रिटेन नेपाल च्यम्बर अफ कमर्स, ब्रिटेन नेपाल एनजीओ नेटवक्स, ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल, ब्रिटेन नेपाल मेडिकल ट्रष्ट, नेपाल पत्रकार महासंघ बेलायत लगायत यूकेमा रहेका क्रियाशिल सम्पूर्ण राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, क्षेत्रीय, जातीय र पेशागत संघसंस्था र समाजका अध्यक्षहरु पदेन सदस्य रहने छन्।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बरालले पर्यटन नेपालको सबैभन्दा सशक्त उद्योगहरुमध्ये एक भएको बताए। उनले देशका सातवटै प्रदेश सरकारहरुले पर्यटन प्रबर्द्धनलाइ उच्च प्राथमिकता दिएको बताउँदै नेपालको पर्यटन प्रबर्द्धन गर्न विदेशमा बस्ने नेपालीहरुको पनि ठूलो भूमिका रहने बताए। उनले नेपाललाई लोकप्रिय पर्यटन गन्तव्य बनाउन नयाँ ब्रान्डिङको आवश्यकता रहेको पनि बताए।






यसमा तपाईको मत

अन्य समाचार

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हरेक मानिसको फिंगरप्रिन्ट बेग्ला बेग्लै भएजस्तै कुकुरको पनि नाकको छाप बेग्ला बेग्लै हुनेगर्दछ । ...

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा शैक्षिक मेला सम्पन्न भएको छ। इक्यान शैक्षिक मेलाको १३ औ संस्करणलाई साठी...

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

सिप्रदी ट्रेडिङ्ग प्रा. लि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ। ...

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो। ...

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवा केन्द्रित योजना संचालन गर्ने क्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. ले...

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख  हस्तान्तरण

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउन्डेशन द्वारा रु एक लाख हस्तान्तरण। ...

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एड एन्ड इभेन्ट म्यानेजमेन्टले कम्पनीको तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। ...