८ वैशाख २०८१ शनिबार
भिडियो

"गर्ल फ्रेण्ड" बनाएर अरू युवतीहरूको शोषण गर्दै साहु

मनोरञ्जन क्षेत्रमा काम गर्ने युवतीहरु नयाँ तरिकाले शोषण हुनेहरुको संख्या बढ्दै गएको एक अध्ययनले देखाएको छ । केहि महिना अघि छोरी नामक संस्थाले गरेको अध्ययनमा यस्तो देखिएको हो । 
मनोरञ्जन क्षेत्रका साहुहरुले युवतीलाई आफ्नो ‘गर्ल फ्रेण्ड’ बनाएर अरू युवतीहरुलाई फसाउने र ग्राहकसँग जान बाध्य पार्ने गरेको खुलेको छ । छोरी नेपालकी कार्यकारी निर्देशक हिरा दाहालले काठमाण्डौको वडा नं ३२ मा रहेका दोहोरी, बार, रेष्टुरेण्ट, क्याविन लगायतमा अध्ययन गरेको बताएकी छिन् । 
अहिले पनि कतिपय युवतीहरु समाजमा अपहेलित हुने डरले आफ्नो परिचय खुलाउन चहादैनन् तर पनि आफ्ना पिडा मानोरञ्जन क्षेत्रमा कार्यरत संस्थाहरुसँग भन्ने गरेका छन् । यस्ता विभिन्न गैरसरकारी संस्थाले गर्दा शोषित भएर बिचल्लीमा परेका युवतीहरु बाच्न सिकिरहेका छन् भने धेरैजसो गाँउबाट आएका किशोरी र युवतीहरु शोषित हुनबाट जोगिएका छन् । छोरी संस्थामा आवद्ध रहेर दोहोरीमा काम गरीरहेकी प्रिया यसको उदाहरणकी पात्र हुन् । प्रिया सबै साहु नराम्रा नहुने बताउछिन् । हामीहरूले गर्दा दोहोरी चलेको छ । यस्ता क्षेत्रमा काम गर्दा परिचयपत्र पाउनु पर्नेमा उनको जोड छ । बाँकि भिडियोमा .....
क्यामेरा पर्सन :- देबु राजवंशी

प्रकाशित: ६ माघ २०७५ ०८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App