७ वैशाख २०८१ शुक्रबार
समाज

एलपी ट्रक दुर्घटना हुँदा ४ जना घाइते

रसुवा – आइतबार रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ बाह्रघुम्तीमा एलपी ट्रक दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। घाइते हुनेमा मकवानपुर लामिटार–३ का ३५ वर्षीय चालक बिबेक मोक्तान, १५ वर्षीय उमेश घलान, ३३ वर्षका समिर बजुँ र रसुवाको गोसाईकुण्ड गाउँपालिका–६ का ४० वर्षीय इनअफ स्याङ्तान रहेका छन्।

चालक मोक्तान र बजुँको अवस्था गम्भीर छ। घाइतेको उपचारका लागि जिल्ला अस्पताल रसुवामा ल्याइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

प्रकाशित: ६ माघ २०७५ ०८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App