१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ला लिगा फुटबल : रियल मड्रिडको जितमा कासिमिरो र मोड्रिचको गोल

काठमाडौं – सेभियालाई २–० ले पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलको जितमा कासिमिरो र लुका मोड्रिचले एक–एक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरी सकिएपनि खेलको ७८औं मिनेटमा कासिमिरोले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यस्तै इन्ज्युरी समयमा मोड्रिचले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। जितसँगै रियलले २० खेलबाट ३६ अंक जोडेको छ। सेभिया भने ३३ अंकसहित चौथो स्थानमा झरेको छ।

रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी पनि ७ अंकमा छोट्याएको छ। तर बार्सिलोनाले एक खेल कम खेलेको छ।  अर्को खेलमा एथ्लेटिको मड्रिडले हुइस्कालाई ३–० र भ्यालेन्सीयाले सेल्टा डि भिगोलाई २–१ ले हराएका छन्।

प्रकाशित: ६ माघ २०७५ ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App