coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कंगनाको कडा प्रतिवाद

मुम्बई – भारतीय गणतन्त्र दिवसको अवसर पारेर बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झांसी’ रिलिज हुँदैछ। फिल्म रिलिजको साता अघि नै नै करणी सेनाले फिल्मको विषयबस्तुका विषयमा विवाद सिर्जना गरेको छ। कंगनाले विवादको खण्डन गर्दै करणी सेनाको प्रतिवाद गरेकी छन्।

करणी सेनाले रिलिज भन्दा अघि फिल्म आफुले हेर्न पाउनुपर्ने माग गरेको छ। उसले फिल्ममा रानीको कुनै एक अंग्रेजसँग अफेयर देखाइएको भन्दै यदि यस्तो दृश्य फिल्ममा भए ‘पद्मावत’ जस्तै विरोधको सामना गर्नुपर्ने चेतावनी दिएको छ।

कंगनाले आफु पनि राजपुत भएकाले करणी सेनाले आफुलाई समस्यामा पारे उनीहरूलाई नछोड्ने जवाफ दिएकी छन्। ‘फिल्मलाई चार इतिहासकारले अनुमति दिइसकेका छन्। फिल्म सेन्सर बोर्डबाट पनि पास भइसकेको छ। यो अवस्थामा फेरी विरोध गर्ने ?’ उनले भनेकी छन्। कंगनाको फिल्म जनवरी २५ मा रिलिज हुँदैछ। यो फिल्मबाट टेलिफिल्म ‘पवित्र रिश्ता’की अभिनेत्री अंकिता लोखन्डे बलिउडमा ‘डेब्यु’ गर्दैछिन्। फिल्ममा उनी झलकारी बाईको भुमिकामा छिन्।

गत वर्ष सञ्जयलीला भन्सालीको फिल्म ‘पद्मावत’को रिलिज अघि पनि करणी सेनाले अवरोध पुर्‍याएको थियो। त्यो समयमा पनि उसले फिल्मले इतिहासलाई तोडमोड गरेको भन्दै रिलिज अघि फिल्म देखाउन माग गरेको थियो। फिल्मको विरोध गर्दै करणी सेनाको कार्यकर्ता सडकमा आएर तोडफोड गरेका थिए। कार्यकर्ताले विद्यालयका विद्यार्थी चढेको बसमा आक्रमण गरेपछि आलोचित भएका थिए।

प्रकाशित: ६ माघ २०७५ ०४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App