coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

खप्तड गोल्डकपको उपाधि पुलिसलाई, रबी सर्वोत्कृष्ट खेलाडी

तस्बिर साैजन्य : गाेलनेपाल डटकम

धनगढी – मोफलसको सर्वाधिक पुरस्कार राशिको तेस्रो संस्करणको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ।

धनगढीको क्षेत्रीय रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा रुस्लान थ्री स्टार क्लबलाई १–० ले पराजित गर्दै पुलिसले उपाधि जितेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसलाई उपाधि दिलाउन खेलको ६४ औं मिनेटमा अविषेक रिजालले निर्णायक गोल गरे। खेलको म्यान अफ दि म्याच अविषेक घोषित भए।

उपाधिसँगै पुलिसले २१ लाख प्राप्त गरेको छ। उपविजेतामा सीमित थ्री स्टारले १० लाखमा चित्त बुझायो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै पुलिसका मिडफिल्डर रबी पासवानले यामाहा मोटरसाइल प्राप्त गरेका छन्।  यस्तै व्यक्तिगत विधाको उत्कृष्टमा पुलिसका खेलाडीको वर्चश्व रह्यो।  व्यक्तिगत विधामा उत्कृष्ट हुनेले समान १५–१५ हजार प्राप्त गर्यो।

व्यक्तिगत विधामा उत्कृष्ट खेलाडी
उदयमान खेलाडी : भरत टमटा (आयोजक टोली)
सर्वाधिक गोलकर्ता : तीर्थ राना (पुलिस–३ गोल)
उत्कृष्ट गोलकिपर : शत्रुघन चौधरी (पुलिस)
उत्कृष्ट डिफेन्डर : अजित भण्डारी (पुलिस)
उत्कृष्ट मिडफिल्डर : बिक्रम लामा (थ्री स्टार)
उत्कृष्ट प्रशिक्षक : अनन्तराज थापा (पुलिस)

प्रकाशित: ६ माघ २०७५ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App