coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘संघीयता सफल पार्न प्रतिनिधिको समन्वय अपरिहार्य’

काठमाडौं - संघीयता सफल पार्न केन्द्र, प्रदेश तथा स्थानीय तहका प्रतिनिधिहरुले एक आपसमा समन्वय गर्नुको विकल्प नरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले कर्मचारीहरुले पनि आफ्नो स्वार्थभन्दा राष्ट्रसेवालाई केन्द्रमा राखे मात्र देश सफल हुने बताए।

समतामूलक समाज निमार्णको वकालत गर्ने विश्वचर्चित लेखक तथा प्रोफेसर रोबर्टसन वर्कलिखित पुस्तकको नेपाली अनुवाद ‘समानुभूतिपूर्ण सभ्यता’ को परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विमोचन कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले पुस्तकले नेपाली समाजमा सकारात्मक सन्देश र दिगो विकासको अवधाराणा अघि बढ्ने बताए। ‘वर्तमान समयमा ५ वटा क्षेत्रमा वातावरणीय दिगोपन, लैंगिक समानता, आर्थिक तथा सामाजिक न्याय, सहभागितामूलक शासन र सांस्कृतिक सहिष्णुतासहित प्रेरित गरिएको छ जसले गर्दा यिनीहरुको व्यवस्थापनबाट समृद्धि नेपालको अभियानमा टेवा पुग्ने भएकाले यो पुस्तक नेपालीमा अनुवाद गरिएको हो,’ अनुवादक आइसिए नेपालका उपाध्यक्ष आत्माराम तिमिल्सनाले बताए। पुस्तकले वर्तमान समयमा मानवले सामना गर्नु परिरहेका चुनौतीहरुका बारेमा समीक्षा गर्नुका साथै ती चुनौतीका समाधानका बारेमा समेत मार्ग प्रशस्त गरेको तिमिल्सनाले बताए।

सामाजिक अभियन्ता वालकृष्ण देउजाले पुस्तकबारे टिप्पणी गर्दै नेपालको विकासको क्षेत्रमा सकारात्मक मार्गनिर्देश गर्नसक्ने अवधारणाहरु पुस्तकमा समेटिएकाले पुस्तक वर्तमान नेपाल सुहाउँदो भएको बताए। यस्ता कार्यक्रमले विकासका ढाँचा निर्माण गर्न बहस चौतारी बनाएको र समृद्धिको दिशामा न्यायिक समाज निर्माण गर्ने उद्देश्यले यस्ता कार्यक्रम आयोेजना गरिएको सामाजिक अभियान्ता बालकृष्ण देउजाले बताए।

सो कार्यक्रममा बोल्दै गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले राज्य भर्खरै संघीयतामा प्रवेश गरेकाले जनप्रतिनिधिहरुले कानुन तथा कार्यप्रक्रियाको अनुभवहीनताका कारण कार्यप्रगति सन्तोषजनक हुन नसकेको बताए। ‘हामीले साचेअनुसार काम गर्न सकेका छैनौं,’ श्रेष्ठले बताए, ‘गाउँपालिका लगायतका स्थानीय निकायको कार्य प्रभावकारी बनाउनका लागि सम्बद्ध सबै निकाय लाग्नुपर्छ।’ कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीलगायतले पुस्तकबारे टिप्पणी गरेका थिए।

प्रकाशित: ६ माघ २०७५ ०३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App