coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बजारबीचमै दुर्घटनाग्रस्त क्षेत्र

दिक्तेलको भवनगैरा डिलमा पुगेर अड्किएको ट्याक्टर। तस्बिर : दमन राई/नागरिक

खोटाङ – खोटाङ दिक्तेलको अल्छेढुंगातर्फबाट रड बोकेर अम्बागाछीतर्फ जाँदै गरेको को१त ८०१७ नम्बरको ट्याक्टर शुक्रबार दिक्तेलको भवनगैराको ओरालो सडकमा झन्डै दुर्घटनामा पुगेन। घुम्ती नपुग्दा सीधै सडकमुनि खस्न लागेको ट्याक्टर डिलमा पुगेर मुस्किलले अडियो। ‘ट्याक्टर पल्टिन लागेको’ भन्दै कोकोहोलो मच्चिँदा डिलमुनिका मान्छेको भागाभाग भयो। केही रड निकालेर ट्याक्टर अगाडि बढाएको केही समयपछि पुनः सोही स्थानमा बा१७च २२३३ बोलेरो जिप उही शैलीमा सडकको डिलमा पुगेर अड्कियो। करिब डेढ घण्टाको समयमा ट्याक्टर र बोलेरो जिप हुर्रिएर सडकको डिलमा अडिँदा स्थानीय त्रसित भए।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको भवनगैरामा २०७२ सालमा बनाइएको साँघुरो सडकमा पटकपटक सवारीसाधन दुर्घटनाबाट जोगिँदै आएको छ। साबिकको सदरमुकामका रुपमा रहेको दिक्तेल भवनगैराको सडकमा कुनै न कुनै बेला ठूलो दुर्घटना हुनेमा स्थानीय त्रसित छन्। कुनै बेला दैनिकजसो सवारीसाधन डिलमुनि खस्ने अवस्थामा पुगेर दुर्घटनाबाट बच्ने गरेको स्थानीय एबं थ्री ब्रदर्श होटलका सञ्चालक समुन्द्रप्रसाद जोशीले बताए। ‘कैयौंपल्ट सडकको डिलमा सवारीसाधन अड्किने गरेका छन्’, जोशीले भने, ‘सडकको ग्रेड नमिलाएर फराकिलो नबनाएसम्म जोखिम कायम रहन्छ।’

अस्पताल–अल्छेढुंगाबाट मालपोत र जिल्ला समन्वय समितिको कार्यालय हुँदै त्रिवेणी चोक पुग्ने सडकको भवनगैरामा करिब सय मिटर खण्डमा दुर्घटनाको अति जोखिम देखिएको हो। जिल्ला युवा समितिको कार्यालयअगाडि रहेको सो सडक खण्डमा बाइक चालकसमेत लड्ने गरेका छन्। गोरेटो बाटो रहेको सो स्थानमा २०७२ सालमा तत्कालिन प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाको पहलमा सडकको रुपमा ट्र्याक खोलिएको हो। अस्पताल–अल्छेढुंगातर्फबाट दिक्तेल बजार प्रवेश गर्न छोटो मानिने भएकाले अधिकांशले सोही सडक प्रयोग गर्ने गरेका छन्। तर बजारको व्यस्त सडक मध्येमा पर्ने सो ठाउँमा ग्रेड मिलाउने काममा कसैको ध्यान नपुग्दा दुर्घटनाग्रस्त क्षेत्रका रुपमा चिनिन थालेको श्रेष्ठले बताए।
सडक डिभिजन कार्यालय हर्कपुरको १२ लाख तत्कालीन जिविसको १ लाख ६० हजार र स्थानीयको सहभागितामा आर्थिक वर्ष २०७३÷७४ मा भवनगैराका सडकको तीन खण्डमा आरसिसी ढलान गरिएको छ। तर सडक फराकिलो बनाउन र ग्रेड मिलाउन ध्यान दिइएन। त्रिवेणी चोकबाट अल्छेढुंगातर्फ जानेक्रममा सो स्थानमा उकालो घुम्ती छ। सो स्थानमा ब्रेक लगाउँदा समेत सवारीसाधन चिप्लिएर अघिपछि सर्ने समस्या छ। डिभाइडर राख्दा समेत दुर्घटनाको जोखिम कायमै छ।

प्रकाशित: ६ माघ २०७५ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App