६ वैशाख २०८१ बिहीबार
राजनीति

विकासले असाधारण गति लिन्छ : प्रम ओली

फाइल तस्बिर

काठमाडौं - प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले मुलुकमा विकासले असाधारण गति लिने बताएका छन्। शनिबार दिउँसो पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

मुलुकमा सुशासन र विकासको गति एकसाथ अगाडि बढाउन आफू खटिरहेको बताउँदै प्रधानमन्त्री ओलीले देश विकास र समृद्धिका लागि निष्ठापूर्वक लागिपर्ने बताए। चितवनका कांग्रेस नेता एवं पूर्व सांसद तीर्थराज भुसाललाई नेकपामा पार्टी प्रवेश गराएपछि सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले नबुझ्नेले नेकपा सिद्धिन लागेको बताए पनि पार्टी झन् एकताबद्ध र सुदृढ रहेको दाबी गरे।

‘नेकपा खुइलियो रे भन्ने गरेका छन्, आफूले आँखामा लगाएको चस्मामा फोहोर लागेको छ अनि आज मौसम सफा रहेन भन्न सुहाउँछ ?,’ उनले भने, ‘चस्मा सफा गर्न आग्रह गर्न चाहन्छु।’ उनले नेकपा देश, जनता तथा सुशासन र विकासका लागि दृढ संकल्प गर्दे सक्रियताका साथ अगाडि बढ्ने बताए। देश विकास र समृद्धिका लागि निष्ठापूर्वक अघि बढ्न उनले पार्टी आम कार्यकर्तालाई आग्रह गरे। आफूले हरेक दिन कदम अगाडि भनेझैं सरकारले सुक्खा बन्दरगाह शिलान्यासलगायत हरेक दिन नयाँ गरिरहेको प्रधानमन्त्रीले बताए। ‘हामी विकासको बाटोमा अगाडि बढ्छौं। हरेक दिन नयाँनयाँ काम गर्ने सरकार र पार्टीको संकल्प हो,’ प्रधानमन्त्री ओलीले भने।

उनले देशलाई सुशासन र विकासमा लैजान आफ्नो साधान, स्रोत, शक्ति, सामथ्र्यत्यता लगाउने स्पष्ट पारे। उनले सरकारको काम कारबाही र पार्टी एकताको कामलाई सँगसँगै लैजाने दाबीसमेत गरे। नेकपा प्रवेश गरेका भुषालले आफू जहाँ लाग्दा पनि इमान्दारीपूर्वक लागेको भन्दै देशको विकास र समृद्धिको यात्रा नेकपाबाटै पूरा हुने देखेर लामो समय संघर्षको गरेको नेपाली कांग्रेस पार्टी परित्याग गरेको बताए। भुषाललाइ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले स्वागत गरेका थिए।

प्रकाशित: ६ माघ २०७५ ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App