'वाइड वडी काण्ड दाहाल, देउवा र ओलीको सहमतिमा'

आइतबार, ०६ माघ २०७५, ०७ : १० नागरिक

काठमाडौं – एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वाइड वडी विमान खरिद प्रकरण पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र शेरबहादुर देउवा, र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीवीच सहमतिमा भएको आरोप लगाएका छन्।

शनिबार रिपोर्टर्स क्लबले गरेको कार्यक्रमा बोल्दै उनले भने, ‘यो काण्ड दुई भुतपूर्व प्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीको कार्यकालमा र सहमतिमा भएको देखिएको छ।’ यस प्रकरणमा दोषी जोसुकै भएपनि छानबिन गरी निष्कर्षमा पुग्न उनले माग राखे। वाइड वडी जहाज खरिद काण्डमा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीले संसदलाई ढाँटेको आरोप लगाउदै उनले भने, ‘यो प्रकरणमा संसद्लाई मन्त्रीले ठाडै ढाँटे। अरु देशमा भएको भए कारबाही हुन्थ्यो।’

वाइड वडी प्रकरणमा छानविन गर्न र सत्य, तथ्य बाहिर ल्याउन पर्यटनमन्त्री अधिकारीले तत्काल राजीनामा दिनुपर्ने पनि माग गरे। उनले भने, ‘पर्यटनमन्त्रीले अविलम्ब राजीनामा गर्नुपर्दछ र, अख्तियारले अबिलम्ब छानबिन सुरु गर्नुपर्छ।’ अनशनरत डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता पालना गर्नुपर्ने उनले बताए। केसीसँग सरकारले पटकपटक सम्झौता गरेको तर त्यसलाई कार्यान्वयन नगरी उपेक्षा गरेको उनले आरोप लगाए।







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad