coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पत्रकार सुवेदीको उपचारमा सहयोग गर्न महासंघको अपिल

काठमाडौं- नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिले भारतमा उपचार गराइरहेका पत्रकार अर्जुनप्रसाद सुवेदीलाई आर्थिक सहयोग गरिदिन अपिल गरेको छ।

नेपाल पत्रकार महासंघ रिपब्लिका शाखाका सदस्य समेत रहेका सुवेदी विगत केही समयदेखि कलेजो र पित्तनलीमा समस्या देखिएर उपचार गराउँदै आएका छन्। वीर, धुलिखेल, त्रिवि शिक्षण, गंगाराम नयाँ दिल्लीसहितका अस्पतालमा उपचार गराए पनि अझै रोग निको भएको छैन।

स्वास्थ्यमा थप समस्या देखिपछि सुवेदीको एक सातादेखि चेन्नेइमा उपचार भइरहेको छ। सुवेदीको उपचारमा ४० लाख भन्दा बढी खर्च आवश्यक पर्ने उनका परिवारिका सदस्यले बताएका छन। सुवेदीको उपचारका लागि प्रतिष्ठान प्रदेश समिति प्रभु बैंक अनामनगरको खाता नम्बर ००१००१०१०६९२७१०००००१ मा सहयोग रकम जम्मा गर्न सकिने छ। म्याग्दी स्थायी घर भएका सुवेदी एक दशकदेखि काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका छन्।

प्रकाशित: ५ माघ २०७५ १४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App