७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रगतिशील जनवादी पार्टी एमालेमा विलय

काठमाडौँ– नेकपा माले प्रगतिशील जनवादी पार्टी साेमबार नेकपा एमालेमा विलय भएको छ।

सो पार्टीका महासचिव मधु चालिसेसहित करिब १५० जनालाई साेमबार एमाले केन्द्रीय कार्यालय धूम्बाराहीमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेललगायत नेताले स्वागत गरेका हुन्। यसअघि नेकपा (माले)को केन्द्रीय सदस्य रहेका ललितपुर निवासी चालिसेले एक वर्षअघि पार्टीबाट निष्क्रिय भई नयाँ समूह स्थापना गरेका थिए।

नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष ओलीले पार्टीमा आउने सबै नयाँ नेता कार्यकर्तालाई योग्यता र क्षमताबमोजिम उचित जिम्मेवारी दिइने बताए।

पूर्वप्रधानमन्त्री ओलीले पार्टीले सञ्चालन गर्ने संविधान कार्यान्वयनसम्बन्धी अभियानमा सक्रिय सहभागी हुन कार्यकर्तालाई आग्रह गरे। रासस

प्रकाशित: १७ आश्विन २०७३ १२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App