१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाइपलाइन विस्फोट हुँदा मेक्सिकोमा २१ को मृत्यु

मेक्सिको –मेक्सिकोमा पाइपलाइनमा ठूलो आगलागी हुँदा २१ जनाको ज्यान गएको छ भने ७१ जना गम्भिर घाइते भएका छन। शुक्रवार पेट्रोलियम पदार्थको उक्त पाइपलाइनका प्वालवाट तेल निस्किएर आगलागी भएको बताइएको छ।

मेक्सिकोमा २०१८ को पहिलो १० महिनामा  १२ हजार ५८१ पटक तथा  दैनिक ४२  गैरकानूनी रुपमा तेल चोरी गर्ने समूह पक्राउ परेका थिए। यो घटना पनि यी पाइपलाइनवाट तेल चोरी गर्नेहरुकै उपज भएको बताइएको छ।  यो घटना हुँदा पनि मानिसहरु बाल्टिन, प्लास्टिक जग, क्यान लगायतका भाँडा लिएर तेल थप्न जाने क्रममा आगलागी भएको हो।

मेक्सिकोको केन्दीय तेल कम्पनीका अनुसार यो घटना मेक्सिको सिटीवाट ६२ माइल उत्तरतिर तलहुइलिपान सहरमा भएको जनाएको छ। भिडियो फुटेजमा देखाइए अनुसार दर्जनौ मानिसहरु तेल चुहिएको ठाउँमा पानि भर्न आएजस्तै लाइन लागेको थियो, यो उनीहरुका लागि कुनै चाडपर्व जस्तै लागिरहेको थियो।

घटनामा २१ जनाको तत्कालै मृत्यु भएको र ७१ जना मानिसहरु नराम्रो सँग जलेको हिडालगोका गभर्नर उमर फयेडले बताए। हिडालगो प्रहरीका अनुसार घटना भएको ठाउँमा तेल लिक भएको कुरा त्यहाँको स्थानीय समय अनुसार बेलुकी ५ वजे नै जानकारी गराइएको बताएको छ। रिपोर्टमा भनिएको थियो स्थानीयहरु तेल लिने कोसिस गरिरहेका छन। उक्त रिपोर्ट गरेको समयको २ घण्टामा नै पाइपलाइन बिष्पोट भएको प्रहरीले बताएको छ।

प्रकाशित: ५ माघ २०७५ १३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App