coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

न्यूनतम पारिश्रमिक लागू हुन्छ : संचारमन्त्री

भक्तपुर- संचार तथा सूचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले प्रत्येक संचार माध्यममा श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने बताएका छन्।

आज नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको २१ औ साधारण सभाको उद्घाटन गर्दै उनले श्रमजिवी पत्रकारहरु एवं कर्मचारीको न्यूनतम पारिश्रमिक लागू गर्नबाट सरकार कुनै हालतमा पछि नहट्ने बताए।

उनले भने–“न्यूनतम पारिश्रमिक लागू भयो भने संचारमन्त्रीलाई कसरी सेकाउनु पर्छ भनेर बैठक बस्दैछ रे, मन्त्री बदलिएलान्, तर नेकपा नेतृत्वको सरकार अब चार वर्ष कुनै हालतमा बदलिदैन, जो सुकै मन्त्री भएपनि यो सरकारले श्रमजिवीको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्छ।”

पत्रकारले आफ्ना पेशागत कुरा गर्नुपर्नेमा आन्दोलनकारीको माग पुरा गर भन्नु गैरजिम्मेवारी हो भन्दै उनले पत्रकारले राजनीति गर्ने हो कि, समाचार लेख्ने हो? भन्दै प्रश्न गरे। सरकारले सबै क्षेत्रमा काम गरेपनि सरकारप्रति पूर्वाग्राही राखेर समाचार आउने गरेको टिप्पणी गर्दै उनले नेपालका मिडिया मालिकको चाहना अनुसार चल्ने गरेको बताए। रासस

प्रकाशित: ५ माघ २०७५ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App