coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खानीजन्य पदार्थ उत्खनन्मा कडाइ

धादिङ - जिल्लामा खानीजन्य र नदीजन्य पदार्थको अनियमित उत्खनन् र निकासीमा कडाइ गरिएको छ। अनियन्त्रित रुपमा सञ्चालित बालुवा, ढुङ्गा र गिट्टी खानीका कारण वातावरणमा प्रतिकूल प्रभाव परिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला अनुगमन समितिले विशेष कार्यदल बनाएर कडाइ सुरु गरेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए।

त्यस्ता खानी बन्द गराइएपनि अझै पनि केही खानी सञ्चालनमा रहेको सूचना आएकाले निगरानी गरी कारवाही सुरू गरिएकाे उनले बताए, उनका अनुसार सबै स्थानीय तहले ढुङ्गा, गिट्टी र बालुवालगायत प्रकृतिक स्रोतबाट कर असुल्न ठेक्का लगाइसकेकाले पूर्ण रोक लगाउन समस्या भएकाे हाे। जिल्ला प्रशासन कार्यालयले अवैध रुपमा खानी नचलाउन सूचना जारी गर्दै त्यस्तो गरेको भटिएमा खानीका सबै सरसामान नियन्त्रणमा लिने र सञ्चालकलाई कानूनी बमाेजिम कारवाही गर्ने जनाएको छ ।

जिल्लामा अहिले सरकारले मुआब्जा वितरण गरिसकेको बूढीगण्डकी जलविद्युत् आयोजनाको जमीनमा यस्ता गतिविधि बढ्दो रुपमा देखिएको छ । त्रिशूली नदी क्षेत्रमा समेत अवैध रुपमा बालुवा प्रशोधन र आसपासको क्षेत्रमा वातावरणीय परीक्षणविना खानी उत्खनन् भइरहको छ।(रासस)

प्रकाशित: ५ माघ २०७५ ०५:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App