मोबाइलको ब्याट्री धेरै समय नचल्ने समस्याले कतिपय मानिस हैरान छन्। उनीहरूले आफ्नो मोबाइल फोनको ब्याट्री जोगाउन अनावश्यक समयमा इन्टरनेट पनि बन्द गर्छन्। तैपनि ब्याट्री धेरै समयसम्म चल्दैन। मोबाइलको ब्याट्री धेरै समय चल्दैन भनेर हैरान नहुनुस्। मोबाइलको सेटिङबाट ब्याट्रीलाई धेरै समयसम्म चल्ने बनाउन सकिन्छ। यसका लागि यो प्रक्रिया छ।
मोबाइल फोनको सेटिङ अप्सनमा जानुस्। त्यसपछि ब्याट्री अप्सनमा क्लिक गर्नुस्। यो अप्सन हरेक फोनमा अलग–अलग ठाउँमा हुन सक्छ। कुनैमा अडिसनल सेटिङमा यो अप्सन हुन सक्छ। त्यसपछि ब्याट्री सेभर अप्सनमा सेलेक्ट गर्नुस्। यसले ब्याकग्राउन्डमा चलिरहेका एप्स बन्द गरिदिन्छ। यससँगै ब्याट्री जोगाउने अर्काे उपाय पनि छ। त्यो हो– मोबाइल फोनको बालपेपर ब्ल्याक एन्ड ह्वाइट राख्नु।
अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...
यसमा तपाईको मत