८ वैशाख २०८१ शनिबार
समाज

दशैँको तीन दिन कहाँ कहाँ चल्छन् निशुल्क सरकारी बस?

काठमाडौं- सरकारले काठमाडौं उपत्यकामा दशैँको तीन दिन २५ वटा सरकारी बस सञ्चालनमा ल्याउने भएको छ। दशैँको नवमी, टिकाको दिन र एकादशीका दिन उपत्यकाका यात्रुलाई लक्षित गर्दै बस चलाउने निर्णय गरिएको हो। चक्रपथ रुटमा चल्ने २५ बसमा यात्रुले भाडा तिर्न नपर्ने जनाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्य सचिव सोमलाल सुवेदीको अध्यक्षतामा बसेको सचिवहरुको बैठकमा सरकारी कार्यालयका कर्मचारी बोक्न प्रयोग हुने बसलाई दशैँमा प्रयोगमा ल्याउने निर्णय भएको हो।

बैठकले सरकारी कार्यालयका ति बसहरुलाई चक्रपथमा गुडाउने निर्णय गरेको छ। दशैँका तीन दिनमा उपत्यकामा सवारी साधनको संख्या अत्याधिक कम हुने भएकाले उपत्यकाबासीलाई लक्षित गर्दै यस्तो निर्णय गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले जानकारी दिए।

‘चक्रपथमा गुडाउनका लागि २५ वटा बसको पहिचान भैसकेको छ,’ उनले भने, ‘ति बसले अहिलेलाई तीन दिन सेवा दिने र आवश्यकता परेमा पछि थप अरु दिन पनि सेवा दिनसक्ने निर्णय भएको छ।’

प्रकाशित: १७ आश्विन २०७३ ११:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App