coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भारतद्वारा आचार्य राजदूतका लागि स्वीकृत

फाइल तस्बिर

काठमाडाैं - भारतका लागि राजदूतमा सिफारिस भएका निलाम्बर आचार्यलाई भारतले स्वीकृत गरेको छ। काठमाडौंस्थित भारतीय राजदूतावासका प्रवक्ता अभिषेक दुवेले नागरिकसँगको कुराकानीमा भारतको परराष्ट्र मन्त्रालयले आचार्यलाई भारतीय राजदूतको लागि स्वीकृत गरेको जानकारी दिए। यसबारे नेपाल सरकारलाई समेत जानकारी गराइसकेको उनले बताए। भारतीय पक्षबाट स्वीकृत भइसकेका आचार्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्को सातासम्ममा आधिकारीक रुपमा राजदूतमा नियुक्त गर्ने सरकारी श्रोतले जानकारी दिएको छ।

आचार्यले यसअघि श्रीलंकाका लागि राजदूतको जिम्मेवारी निर्वाह गरिसकेका छन्।तत्कालीन राजदूत दीपकुमार उपाध्यायले प्रतिनिधिसभामा उम्मेदवार बन्‍न राजिनामा दिएपछि नयाँदिल्लीस्थित नेपाली दूतावास प्रमुखविहीन थियो।

प्रकाशित: ४ माघ २०७५ १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App