७ वैशाख २०८१ शुक्रबार
समाज

श्रम मन्त्रालयले माग्यो ७ सय ५३ जना रोजगार संयोजक, अनलाइनबाट फर्म भर्न सकिने

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहमा रोजगार संयोजकको पदपुर्ति प्रक्रिया सुरु गरेको छ। इच्छुक उम्मेदवारले अनलाइनबाटै फर्म भर्न सक्नेछन्। 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७ सय ५३ वटा स्थानीय तहका लागि त्यति नै संख्यामा शाखा अधिकृत र नायव सुब्बाका लागि आवेदन माग गरेको हो।  १० हजार भन्दा कम जनसंख्या भएका ४८ तहका लागि नासु स्तरका ४८ जना रोजगार संयोजक माग गरिएको छ भने १० हजार भन्दा बढी जनसंख्या भएका ७ सय ५ तहका लागि ७ सय ५ जना अधिकृत चाहिएको श्रम मन्त्रालयले जनाएको छ। मन्त्रालयले आज एक सूचना जारि गर्दै नायव सुब्बा वा सो सरहका लागि प्रविणता प्रमाणपत्र तह (प्लस टू) र शाखा अधिकृत वा सो सरहका लागि स्नातक तह उत्तिर्ण हुनुपर्ने गरी न्युनतम शैक्षिक योग्यता तोकिएको। उक्त पदमा २१ वर्ष पुरा भई ४५ ननाघेकाले आवेदन दिन सक्नेछन्।

गत पुस ९ गते बसेको मन्त्रिपरिषद बैठकले रोजगार संयोजकको पदपूर्ति तथा सेवा सुविधा सम्बन्धि मापदण्ड स्वीकृत गरेको थियो। योग्यता पुगेका इच्छुक उम्मेदवारले १५ दिन भित्र दरखास्त दिन सक्नेछन्।

रोजगार संयोजकको नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउन मन्त्रालयले सफ्टवेयरबाट आवेदन लिने जनाएको छ। मन्त्रालयले तोकेको न्युनम शैक्षिक योग्यताको लब्धांक प्रतिशत बापत ७० प्रतिशत, न्युनतम् भन्दा माथिको शैक्षिक योग्यता बापत २० र अनुभवको प्रमाणपत्रका आधारमा अंक १० गरी कर्मचारी छनौट गर्ने गर्ने सफ्टवेयर निर्माण गरिएको छ।

 दरखास्तमा मापदण्ड पुगेका मध्ये ७ सय ५३ को दुई तिहाईको सूची तयार गरेर उनीहरुको कम्प्युटर लगायतका परीक्षा लिइने छ। दरखास्त लिइसकेको १० दिनपछि नै परीक्षा संचालन हुने जनाइएको छ।

 

प्रकाशित: ४ माघ २०७५ ११:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App