अनियमितताको आरोप निराधार : एन्फा

शुक्रबार, ०४ माघ २०७५, १६ : १९ नागरिक

काठमाडौं - अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले चार जिल्ला फुटबल सङ्घले लगाएको भ्रष्टाचारको आरोप निराधार रहेको दाबी गरेको छ।

शुक्रबार एन्फाले पत्रकार सम्मेलन गर्दै चार जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला सङ्घले लगाएको अनियमितता र भ्रष्टाचार आरोप निराधार रहेको बताएको हो। पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, “चार जिल्लाका साथीहरुले वर्तमान नेतृत्वमाथि १४ आरोप लगाउनुभएको छ, जुन आरोप आधारहिन रहेको छ।'

अध्यक्ष शेर्पाले भ्रष्टाचारको आरोपमा सरकार र एएफसीले छानबिन गरे पूर्ण समर्थन सहयोग गर्ने बताए। “आरोपबारे छानबिन हुनुपर्छ। यस विषयमा छानबिन समिति बनोस्, अख्तियार, मन्त्रालय र एएफसीले छानबिन गरे हामीलाई कुनै आपत्ति छैन, छानबिन गर्न सहयोग गछौँ”, उनले भने।

वर्तमान नेतृत्व चयन भएपछि चार वर्षदेखि रोकिएको ‘ए’ डिभिजन लिग, ललित स्मृति यू–१८, ग्रासरुट फुटबल कार्यक्रम सम्पन्न गरेको बताउँदै एन्फाले यसै वर्ष साफ महिला च्याम्पियनशीप नेपालमै आयोजना गर्न लागेको जानकारी दिएको छ। “फुटबलको विकासका लागि अन्तर्राष्ट्रिय प्रशिक्षणदेखि कार्यशाला गरेर हामीले फुटबलको विकास गरिरहेका छौँ, केही तत्वहरुलाई यो चित्त बुझेको छैन र हामी विरुद्ध लागेका छन्”, अध्यक्ष शेर्पाले भने। यसअघि एन्फा अन्तर्गतको काठमाडाैं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल सङ्घले निर्वाचनको क्रममा भ्रष्टाचार भएको आरोप लगाउँदै पत्रकार सम्मेलन गर्दै अडियो टेपसमेत सार्वजनिक गरेको थियो।रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad