७ वैशाख २०८१ शुक्रबार
समाज

साथीले चलाएकाे गाेली लागि एककाे मृत्यु

ताप्लेजुङ - शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक अचानक पड्किदा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा शिकार खेल्न गएका एकजनाको मृत्यु भएकाे छ। 

फक्ताङ्लुङ गाउँपालिकाका वडा नम्बर ४ ईखाबु स्थित मानाभराको फेदीको सिप्चुवा चोक्टी स्थित जंगलमा भएको घटनामा परी स्थानीय ३७ वर्षीय देवीकुमार लिम्बूको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए। उनका अनुसार ईखाबु ४ खुपाताल बस्ने २८ वर्षीय सुरेन्द्र तामाङले बोकेको भरुवा बन्दुक झोरमा अल्झिइ हातमा खस्न पुग्दा पड्किएर देवीकुमारको मृत्यु भएको थियो। प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको छ भने उनको साथमा रहेको भरुवा बन्दुक समेत बरामद गरेको छ।

प्रकाशित: ४ माघ २०७५ १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App