गगनको प्रश्न प्रधानमन्त्रीको जवाफ

डा. केसीको अनसनबारे प्रधानमन्त्रीको जवाफ : म संसदलाई आदेश दिन सक्दिन

शुक्रबार, ०४ माघ २०७५, १३ : ५५ नागरिक

काठमाडौं- संसद बैठकमा शुक्रबार कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्रीलाई डा. गोविन्द केसीको अनशनमा केन्द्रीत भएर प्रश्न गरे। 'विषय विधेकको होइन, संसदीय प्रक्रियाको होइन प्रधानमन्त्रीको बचनको हो। प्रधानमन्त्री व्यक्ति होइन संस्था हो। यहाँ चिन्ता गोविन्द केसी ढल्लान् भन्ने होइन प्रधानमन्त्री संस्थाप्रतिको विश्वास गर्ल्यामगुर्लुम ढल्ला भन्ने हो। म सोध्न चाहन्छुः यो विश्वासलाई जोगाउने वा यो विश्वासलाई ढल्न दिने?', उनको प्रश्नको सार थियो। थापाले   'डाक्टर केसीका ९५ प्रतिशत माग पूरा भइसके केही मात्र हो'जस्ता रकमी, जाली र कुतर्कमा नअलमलिई संसदीय प्रक्रियाबाटै सम्झौताको हुबहु हुनेगरी विधेयक पारित गराउन प्रधानमन्त्रीले चाहना मात्र राख्नुभयो भने सहज ढंगबाट यस्तो हुने अवस्था रहेको समेत बताए।

थापाको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्रीले आफुले संसदलाई आग्रह गर्न सक्ने तर आदेश दिन नसक्ने प्रष्टाए। उनले भने, 'म सम्झौता प्रति प्रतिवद्ध छु तर संसदलाई आदेश दिन सक्दिन। मेरो आग्रह छ सरकारले गरेको सहमति संसदले पालना गरिदियोस्।'

एउटा सिलसिला डाक्टर गोविन्द केसीको अनसनको भए पनि अर्को एउटा गम्भीर प्रश्न संसद र संसदीय सर्वोच्चताको पनि भएको प्रधानमन्त्रीले बताए। 'अहिले १६ औं पटकको अनसन जारी छ र १५ औं पटकको सम्झौताको चर्चा छ। सम्झौता त्यसभन्दा अगाडि पनि भएका थिए', प्रधानमन्त्रीले भने, 'एक जना अनशन बसेपछि देश नै बन्धक बन्ने, तथ्यले कानूनले काम नगर्ने। संविधानले राष्ट्रिय आवश्यकताले काम नगर्ने। व्यक्तिको अनशन सर्वोपरि हुने लोकतन्त्रमा यस्तो हुन्छ ?'

सरकारले डा. केसीसँग गरेको सम्झौतामा दुई पक्ष भएको बताए। उनले सम्झौता सत्य निरुपण नभएको बताउँदै सम्झौता एउटा सम्झौता भएको बताए। उनले सम्झौता तत्कालीन परिस्थितिको उपज भएको र  त्यस परिस्थितिले निर्माण गरेको तत्कालीन आवश्यकता भएको बताए। सम्झौता प्रति सरकार प्रतिवद्ध रहेको र त्यसै अनुसार सरकारले ऐन प्रस्तुत गरेको उनको भनाई छ। बहुमत छ भन्दैमा संसदको सर्वोच्चतामा थिचोमिचो गर्न प्रधानमन्त्रीले गर्न नसक्ने उनले बताए। उनले संसदलाई आफुले आदेश दिन नसक्ने र आदेश पालना गर्न सक्ने मात्र बताए। सरकारले गरेका कतिपय काम संसदले बदर गर्न सक्ने भन्दै उनले हरेकले कानूनलाई पालना गर्न पर्ने बताए। 'हामी बसै कानूनको अधिनमा छौं। परम सुप्रिम म जे भन्छु त्यै हुन्छ भन्न मिल्दैन', उनले भने।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै इलाममा १६ औनशन बसेका डा केसीलाई स्वास्थ्यमा समस्या आएपछि हिजो मध्यराति हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको छ।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad