७ वैशाख २०८१ शुक्रबार
राजनीति

डा. केसीको सत्याग्रहलाई उचित निकास दिन सरकारको ध्यानाकर्षण

फाइल तस्बिर

खोटाङ – मानव अधिकार तथा शान्ति समाज खोटाङले डा. गोविन्द केसीको सत्याग्रहलाई उचित निकास दिन सरकारको ध्यानाकर्षण गराएको छ। समाजले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्र सुधारको माग गर्दै सत्याग्रहमा बसेका डा. केसीसँग बिगतमा भएका सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनको जीवन रक्षाको लागि समेत माग  गरेको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै समाजले डा. केसीको अनसनमा सरकारले पूर्व सहमति अनुसार उचित निर्णय लिनुपर्ने बताएको छ।

गत पुस २५ गतेदेखि इलाममा १६ औं पटक अनसन थालेका (बिहिबार राति काठ्माण्डौं लगिएका) डा. केसीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाजले विगतमा डा. केसीसँग भएका सहमती अक्षरस कार्यान्वयन गरेर सोही विषयमा फेरी सत्याग्रह र आन्दोलन गर्नुपर्ने परिस्थिति उत्पन्न हुन नदिन सरकारलाई आग्रह गरेको छ । एउटा सत्याग्रहीसँग बारम्बार गरिएका सहमति कार्यान्वयनमा उदासिनता देखिँदा आम जनमानसमा उत्पन्न हुने वितृष्णा र सरकारप्रति बढ्दो अविश्वासलाई मध्यनजर गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ।

वर्तमान सरकारले डा. केसीका मागलाई स्वीकार गरी विगतको १५ औं अनसन टुंगिएको भए पनि संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट उक्त सहमति विपरित चिकित्सा शिक्षा विद्येयक पारित गरिनु दुर्भाग्यपूर्ण भएको मानव अधिकार तथा शान्ति समाज खोटाङका अध्यक्ष नारायणदास राईले बताए ।

प्रकाशित: ४ माघ २०७५ ०६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App