८ वैशाख २०८१ शनिबार
राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

काठमाडाैँ - संघीय संसदको प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) दिउँसो बस्दै छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुले प्रश्नोत्तर गर्ने कार्यतालिका रहेको संघीय संसदको सचिवालयले जनाएको छ। सचिवालयलका अनुसार दिउसो १२ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई सांसदहरूले प्रश्न सोध्न पाउने र त्यसको जवाफ दिने ब्यवस्था मिलाइएको छ। प्रतिनिधि सभा बैठकमा पहिलोपटक प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन लागेको हो।

सचिवालयले दिएको जानकारी अनुसार अहिलेसम्म प्रधानमन्त्री ओली र मन्त्रीहरुलाई प्रश्न सोध्न सांसदहरुले ७८ वटा प्रश्न दर्ता गराएका छन्। जसमा ७३ वटा मौखिक र पाँचवटा लिखित प्रश्न रहेका छन्। उक्त प्रश्नको जवाफ माग गर्दै १२ जना सांसदले प्रश्न दर्ता गराएका हुन्। प्रश्नोत्तर एक घण्टासम्म चल्नेछ। एउटा बैठकमा बढीमा दस जना सांसदले प्रश्न सोध्न पाउने ब्यवस्था रहेको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको विषय नभएको मन्त्रालयको प्रश्न आएमा प्रधानमन्त्रीले संसदबाटै सम्बन्धित मन्त्रीलाई जवाफ दिन लगाउन सक्ने व्यवस्था छ। संसद नियमावलीमा सांसदहरूले प्रधानमन्त्रीसँग सम्बन्धित वा कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न पाउने व्यवस्था छ।

प्रकाशित: ४ माघ २०७५ ०५:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App