coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

भिभान्ता काठमाडौं संचालनमा

काठमाडौं – चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमा ललितपुरको झम्सिखेलमा स्थापना भएको ‘भिभान्ता काठमाडौं’ होटल बिहीबारदेखि औपचारिक रूपमा संचालनमा आएको छ।दक्षिण एसियाकै ठूलो र नमुना हस्पिटालिटी कम्पनी ‘इन्डियन होटेल्स कम्पनी लिमिटेड (आईएचसीएल’ले ‘भिभान्ता काठमाडौं’को व्यवस्थापन सम्हालेको छ। यसलाई ताज ब्रान्डका रूपमा चिनिन्छ।

चितवन राष्ट्रिय निकुञ्जमा सीजी हस्पिटालिटी द्वारा सञ्चालित चित्ताकर्षक रिसोर्ट ‘मेघौली सेराई’ पछि आईएचसीएलले व्यवस्थापन गर्ने ‘भिभान्ता काठमाडौं’ दोस्रो परियोजना हो। ‘मेघौली सेलाई’ लाई ‘एल–अफिसियल’ म्यागेजिनले संसारका सुन्दर होटल÷रेस्टुराँको सूचीमा राखेको छ। “करिब दुई दशकपछि ताजलाई काठमाडौंमा ल्याउन पाउँदा हामी खुसी छौं। ताजको बहुआयामिक व्यवस्थापनसँगै भिभान्ताले गुणस्तरीयता, सेवा र परिकारमा नयाँ मानक बनाउने छ,’ सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले भने, “नेपालको पर्यटन प्रवद्र्धनमा भिभान्ताले निरन्तर रूपमा भूमिका खेल्नेछ।’

सुन्दर सजावट, आकर्षक कलाकृतिसहित ‘भिभान्ता काठमाडौं’ मा १ सय १० वटा कोठा छन्। रुफटप बारसँगै ‘कोको’को ‘बिस्त्रो–स्टाइल’ र ‘मिन्ट’को स्थानीय नेवारी स्वाद पनि भिभान्तामा पाइनेछ। “यात्रामा रुचि राख्ने र नेपालको सौन्दर्य परख गर्न चाहने विश्वभरका मानिसलाई हामी भिभान्ता काठमाडौँमा स्वागत गर्न आतुर छौँ,” एनई ग्रुपका प्रबन्ध निर्देशक रवीन्द्रभक्त श्रेष्ठले भने, “संसारमा उपलब्ध उत्कृष्ट सेवाहरू भिभान्तामा पनि पाइनेछन्। पर्यटकलाई भिभान्ताको बसाई संझानायोग्य रहनेछ।”

‘भिभान्ता काठमाडौं’ले व्यायामशाला, स्विमिङपुल र स्पाको सुविधा पनि उपलब्ध गराएको छ। संस्थापक जमसेतजी टाटाको बृहत् योजना बमोजिम टाटा ग्रुपले तत्कालीन बम्बईमा सन् १९०३ मापहिलो होटल ‘ताजमहल प्यालेस’ खोलेको थियो। कम्पनीले अहिले चार महादेशका ११ देशमा अवस्थित ७२ ठाउँमा १४५ वटा होटल सञ्चालन गरिरहेको छ। रविभक्त श्रेष्ठले नेतृत्व गरिरहेको एनई ग्रुप ‘भिभान्ता काठमाडौं’को एक प्रमुख प्रवर्तक हो। यो कम्पनीले हस्पिटालिटी, रियल–इस्टेट, वित्तीय, स्वास्थ्य, उपभोग्य सामग्रीउत्पादनलगायत विविध क्षेत्रमा लगानी गरेको छ। सीजी हस्पिटालिटीले विश्वका ९ मुलुकमा ८५ वटा होटल र रिसोर्ट सञ्चालन गरिरहेको छ। थप ३ मुलुकमा ४० वटा होटल र रिसोर्ट सञ्चालन तयारीमा छन्। सन् २०२० भित्र १० हजार कोठासहित विभिन्न २० मुलुकमा २ सय होटल खोल्ने कम्पनीको लक्ष्य रहेको बताइएको छ।

प्रकाशित: ४ माघ २०७५ ०४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App