८ वैशाख २०८१ शनिबार
अन्य

‘टेन इयर च्यालेन्ज’

यतिबेला सामाजिक सञ्जालमा ह्यासट्याग टेन इयर च्यालेन्ज निकै भाइरल भइरहेका छ। फेसबुक, इन्स्ट्राग्राम, ट्विटरलगायत सामाजिक सञ्जालमा ह्यासट्याग टेन इयर च्यालेन्ज लेखेर १० वर्ष पहिला र अहिलेको फोटो राख्ने ट्रेन्ड निकै चलेको छ। सामाजिक सञ्जालका प्रयोगकर्ताले ह्यासट्याग टेन इयर च्यालेन्ज लेखेर १० वर्ष पुरानो फोटो र अहिलेको फोटो पोस्ट गरेका छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रत्येक साताजस्तो विभिन्न विषयलाई ट्रेन्डिङ बनाएको पाइन्छ। समसामयिक विषयवस्तु ट्रेन्डिङ बनाउनु नौलो विषय भने होइन। सामाजिक मुद्दालाई सामाजिक सञ्जालमार्फत् उठाउने अरुलाई व्यंग्य गर्नेको जमात ह्वात्तै बढेको पाइन्छ।

नाइजेरियाका पोलिटिसीयन अतिकु अबुबाकरले आफ्नो १० वर्ष पहिले र अहिलेको फोटोमा ‘माई ह्यासट्याग टेन इयर च्यालेन्ज ह्यासट्याग स्माइ’ लेखेर जनवरी १६ मा पोस्ट गरेका थिए। उनले उक्त फोटो ट्विटरमा पोस्ट गरेपछि भाइरल भएको थियो।

यो साता सामाजिक सञ्जालमा कलाकार प्रियंका कार्कीले पोस्ट गरेको फोटो पनि निकै भाइरल भएको छ। उनले  आफ्नो इन्स्ट्रग्राममा २००८ मा भाइसँग भेट हुँदाको फोटो र २०१७ को न्युरोर्कमा पर्फमपछि भाइसँगैको फोटो पोस्ट गरेकी छन्।

इन्स्ट्राग्राम उनले तीन फोटो पोस्ट गरेकी छन्। उनले १० वर्ष पुरानो र अहिलेको तस्बिर राखेर ह्यासट्याग टेन इयर च्यालेन्ज लेखी पोस्ट गरेकी हुन्। १६ जनवरीमा प्रियंकाले इन्स्ट्राग्राममा उनको अपार्टमेन्ट अगाडि स्विमिङ गर्न जाने समयमा खिचिएको फोटो र नेपाली चलचित्र ‘नाइ नभन्नु ल ५’ को प्रेस मिटमा खिचिएको फोटो पोस्ट गरेकी छन्।

सामाजिक सञ्जालमा यस्ता तस्बिर पोस्ट भइरहेका छन्। विशेष सेलिब्रेटिहरूले यो ट्रेन्ड फलो गरेको पाइन्छ। त्यस्तै भारतीय कलाकार आइसा टाकियाले १६ जनवरीमा आफ्नो १० वर्ष पहिला र अहिलेको फोटो पोस्ट गरेकी छिन्।

१५ जनवरीमा कलाकार माल्भिका सुब्बाले इन्ट्राग्राममा टेन इयरस् बिफोर एन्ड आफ्टर, हाउ टाइम फाइल्स् लेखेर फोटो पोस्ट गरेकी छन्। सामाजिक सञ्जालमा जोडिएकाहरुले ह्यासट्याग टेन इयर च्यालेन्ज ट्रेन्डी नै बनाएका छन्। सर्वसाधारणदेखि सेलिब्रेटिसम्मले आफ्ना फोटो राखेका छन्।

प्रकाशित: ४ माघ २०७५ ०४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App