७ वैशाख २०८१ शुक्रबार
अन्य

सुविधा सम्पन्न खालका सबै नयाँ वडा बनाइने

काठमाडौं महानगरपालिकाका मेयर विद्मासुन्दर शाक्यले वडा भवन कार्यालयको शिलान्यास गर्दे। तस्बिर : श्याम राई

काठमाडौं महानगरपालिकाका मेयर विद्मासुन्दर शाक्यले महानगरका सबै ३२ वटै वडा कार्यालयको भवन नयाँ बनाइने बताएका छन्। महानगरपालिका वडा – २६ को वडा भवन कार्यालयको बिहिबार शिलान्यास गर्दे उनले यस्तो बताएका हुन्।

स्रोत र साधन भएकोले भूकम्पले जीर्ण पारेको वडा भवनमा महानगरले बस्न बाध्य नबनाउने उनले बताए। ‘धेरै वडा कार्यालयहरु जोखिममा छन्। सुविधा सम्पन्न पनि छैन,’ उनले भने, ‘हामी सगँ स्रोत र साधन छ। त्यसैले पूराना भवन भए तला थपिन्छ। भवन नभएमा नया वडा कार्यालय बन्छ। यो कामलाई पहिलो प्राथमिकतामा राखेका छौँ’ वडा २६ को भवन निर्माण कार्य महानगरले पहिलो सुरुवाती गरेको उनले बताए। ‘आज महानगरले यो वडाबाट निर्माण कार्य सुरुवात गरेको छ,’ उनले भने, ‘यो वडा मात्रै नभई मेरो कार्यकालभित्रमा सबै वडा नयाँ बनाएर भएपनि व्यावस्थित गरी सेवाग्राहीलाई राम्रो सुविधा दिन्छौँ।’

अन्य वडा कार्यालयहरुको पनि अनुगमन गर्दे आएको उनले बताए। उनका अनुसार  फोहोरमैला व्यवस्थापन गर्नका लागि पनि इटालीबाट ब्रुमर पनि झिकाएको छ। ‘अहिलेको पूरानो ब्रुमरबाट पनि सडकहरु सफा गर्दे आएका छौँ। नयाँ ब्रुमर भने फोहोर सफा गर्नको लागि टिकाउ हुने छ।’ उनले थपे। वडा कार्यालय वरिपरि रहेका चैत्य, मन्दिर लगायमा भूकप्पले क्षति पुर्याए पूनर्निर्माण गर्नको लागि महानगरमा जानकारी गर्न वडाबासीलाई अनुरोध गरे।

अहिले बन्न लागेको वडा भवन एक वर्ष भित्रमा सकाउने तरिकाले काम गर्न महानगरका उपप्रमुख हरीप्रभा खड्गी श्रेष्ठले ठेकेदारलाई सुझाइन। ‘ठकेदारले समयसिमाभित्र काम सकाई महानगरको उत्कृष्ट ठेकेदार बन्नु पर्छ,’ उनले भनिन, ‘यसमा सबै स्थानीय र जनप्रतिनिधिहरुले पनि सहयोग गर्नु पर्छ।’ जनप्रतिनिधि भएर आएपछि देशको विकास र सम्वृद्धि तर्फ केन्द्रित भएर सधै महानगरले काम गर्दे आएको उनको भनाई छ।

वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले ट्रस बनाएर बडा कार्यालय सञ्चालन गर्दे आएकोले नया भवन बनाउन लागिएको बताए। ‘ठमेलमा रहेको वडा कार्यालय भूकम्पले जीर्ण भएर साघुरो भयो,’ उनले भने, ‘त्यसपछि लैनचोरको शहिद पार्कको ट्रसमा बस्दै आएका छौँ। महानगरले बनाउन लागेको यो कार्यालय सुविधा सम्पन्न बन्ने छ।’ भवन निर्माणको लागि कुनै पनि समस्या नभएकोले समयसिमाभित्र भवन निर्माण गर्न सकिने उनले बताए। यसमा लार्पावाही नगर्न ठेकेदालाई  अनुरोध गरे। सार्वजनिक सुनुवाई कार्यक्रम राखेपनि समय अभावले गर्दा अर्को समयमा सुनुवाई कार्यक्रम राखिने उनले बताए।

लैनचौर अवस्थित शहिद पार्कमा करिब चार आनामा बन्न लागेको कार्यालय भवन साढै तीन तला रहने छ। वडा कार्यालय निर्माणको लागि गौरीपार्वती के.एण्ड के जेवि कम्पनीसगँ चार करोड ५० लाखमा ठेग्गा सम्झौता भएको छ। यसको निर्माण अवधि एक वर्ष रहेको छ।

प्रकाशित: ४ माघ २०७५ ०४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App