८ वैशाख २०८१ शनिबार
अन्य

ख्वपः अस्पताल निर्माण सुरु

भक्तपुर नगरपालिकाले अस्पताल निर्माणको काम थालेको छ। भक्तपुर नगरपालिका वडा नं. ९ च्याम्हासिंहस्थित च्याम्हासिंह जनस्वास्थ्य केन्द्र नजिकै जग खन्ने काम भइरहेको हो।

नगरपालिकाको जग्गा एकीकरण आयोजनाभित्रको क्षेत्रमा भवनको जग खन्ने काम भइरहेको हो। भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष एवं अस्पताल निर्माण समितिका संयोजक रविन्द्र ज्याख्वले देशभरका महानगरपालिका, उपमहानगरपालिका अनि नगरपालिकाहरुमध्ये भक्तपुरले पहिलो पटक अस्पताल बनाउन लागेको बताए।

सात रोपनी क्षेत्रफलमा फैलिने अस्पताल पहिलो चरणमा २५ बेडको बन्ने उनले बताए। अस्पताल भवन निर्माणको लागि चालू आर्थिक वर्षमा नगरपालिकाले १४ करोड बजेट छुट्याएको छ। साढे पाँच तलाको भवन निर्माणका लागि करिब ६० करोड लाग्ने अनुमान छ। अस्पताल भवन साढे दुई वर्षभित्र बनाइनेसक्ने योजना छ। तीन वर्षमा अस्पताल पूूर्ण रुपमा सञ्चालनमा ल्याउने योजना छ।

हाल नगरपालिकाले च्याम्हासिंह, भगवतीस्थान र व्यासीमा गरी तीन स्थानमा जनस्वास्थ्य केन्द्रहरु सञ्चालन गरिहरहेको छ। यीमध्ये च्याम्हासिंहको जनस्वास्थ्यमा आपत्कालीन सेवा पनि उपलब्ध छ। ती जनस्वास्थ्य केन्दमा दैनिक तीन सयभन्दा बढी बिरामीले सेवा पाइरहेका छन्। साथसाथै नगरभरि ९० स्वास्थ्य स्वयमसेविका र १९ स्वास्थ्य बिमा अभिकर्ता परिचालित छन्।

भक्तपुर नगरपालिकाले घरघरमा नर्सिङ सेवा सुरु गर्दै आएको छ। विभिन्न कलेज सञ्चालन गरी शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको भक्तपुर नगरपालिकाले ख्वप अस्पताल भवन निर्माण आयोजना समिति बनाएको छ। आयोजना प्रमुख विजयराम कोजूले भने, ‘अहिले ख्वप अस्पतालको बेसमेन्टको काम सुरु भइरहेको छ। डोजरबाट माटो निकाल्ने काम भइरहेको छ।’

प्रकाशित: ४ माघ २०७५ ०४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App