coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

३० स्थानमा ट्राफिक लाइट थपिने

काठमाडौं – सरकारले काठमाडौं उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ। पहिलो चरणमा अत्यावश्यक देखिएका आठ स्थानमा लाइट राख्ने काम थालिएको र अन्य क्षेत्रमा प्राथमिकताको आधारमा बत्ती जडान गरिने विभागका प्रवक्ता मुक्ति गौतमले बताए। उनका अनुसार पुतलीसडक, मित्रपार्क, गौशाला, पुरानो बानेश्वर, कालीमाटीलगायत क्षेत्रमा बत्ती निर्माण थालिएको छ। केही ठाउँमा नयाँ बत्ती राखिने र केही ठाउँमा पुनानै बत्तलिाई मर्मत गरेर सञ्चालन गरिने पनि उनले बताए। उपत्यकाका अत्यावश्यक ३० देखि ३५ स्थनमा पहिलोचरणमा बत्ती जडान गरिनेछ।

उपत्यकाको कुन कुन ठाउँमा ट्राफिक लाइट राख्ने हो सो विषयमा जानकारी माग गरेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राथमिकताको आधारमा लाइट राख्ने स्थान तय गरेर सडक विभागमा बुझाएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जनाए। सडक विभागले तीन वर्षअघि गरेको अध्ययन प्रतिवेदनलाई नै आधार मानेर प्राथमिकीकरण गरी मन्त्रालयमा पेश गरिएको उनको भनाइ छ।

सडक विभागको प्रतिवेदनमा उपत्यकाको १ सय ३९ स्थानमा ट्राफिक लाइट राख्नुपर्ने उल्लेख छ। त्यसलाई प्राथमिकीकरण गरी पहिलो चरणमा अत्यावश्यक ३५ स्थानमा बत्ती राख्नुपर्ने आवश्यकता रहेको विभागको सफारिस रहेको सापकोटाले जनाए। दोस्रो चरणमा ३८ र तेस्रो चरणमा ७० स्थानमा बत्ती राखिने प्रक्रिया अघि बढेको महाशाखाले जनाएको छ। हाल उपत्यकाका केही स्थानमा बाहेक अन्यत्र ट्राफिक बत्ती छैन। जसका कारण ट्राफिक प्रहरीले हातको संकेतले यातायात आवागमनको व्यवस्थापन गर्दै आएको छ। प्रहरीका अनुसार उपत्यकाका २० स्थानमा ट्राफिक लाइट जडान छ।(रासस)

प्रकाशित: ४ माघ २०७५ ०३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App