८ वैशाख २०८१ शनिबार
राजनीति

कालो बजारी गर्नेलाई २० वर्षसम्म जेल चलान गर्ने कानुन बन्दैछः मन्त्री बोहोरा

काठमाडौं–आपूर्ति मन्त्री दिपक बोहराले सरकारले बजार व्यवस्थापन, अखाद्य वस्तु बिक्री वितरण रोक गर्ने, अनियमितता र कालोबजारी गर्नेहरुलाई कडा कारवाही गर्ने गरि नयाँ कानुन ल्याउने तयारी गरेको बताएका छन्।

सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा मन्त्री बोहराले बजारमा अनियमितता गर्ने र लाभकालागि अखाद्य वस्तु बेच्ने र उपभोक्ताको जीवनमा खेलबाड गर्नेलाई आर्थिक दण्ड गर्ने र ५ देखि २० वर्षसम्म जेल चलान गर्नेसम्मको नयाँ कानुन ल्याउने तयारी गरेको बताएका हुन्।

मन्त्री बोहराले भने,‘अहिलेको कानुन संशोधन गर्ने बाटोमा हामी गैसकेका छौं, छिट्टै नयाँ काूनन संसदमा पेश गर्छौं।’ उनले कालबजारी ऐनलाईसमेत कडा तथा धारिलो बनाउन सरकारले तयारी गरेको जिकिर गरे।

उनले महँगी विनाको दसैं बनाउनेगरी सरकारले बजार अनुगमनलाई तिव्रता दिएको बताए । उनले भने, ‘अहिले हामीले विभिन्न दश वटा निकायमार्फत बजार अनुगमन गरिरहेका छौं, जनताले राम्रो र सहुलियतमा सामान पाउनुपर्छ।’ आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा अहिले तीन दशवटै निकायका प्रमुख तथा निर्देशकले बजार अनुगमन तथा मुल्यवृद्धि नियन्त्रणको काम गरिरहेको मन्त्री बोहराले जनाए ।

दसैं तिहारमा चामल, दाल, चिनी, नुन, तेल लगायतका अत्यावश्यक वस्तुहरुको मूल्य वृद्धि नहुनेसमेत मन्त्रीले दाबी गरे । उनले भने,‘सरकारले कडाईका साथ यसबारेमा अभियान छेडेको छ, पर्याप्त निर्देशन दिएको छ, तपाईंहरु ढुक्क हुनोस् दसैं तिहारमा कुनै हालतमा पनि मुल्यवृद्धि हुँदैन्, यदि भएको थाहा पाए हामीलाई खबर गर्नुहोस् हामी तत्काल आईपुग्छौं।’

मुल्यवृद्धि नगर्ने कुरामा खुद्रा पसलले सरकारलाई साथ दिएको उनको भनाइ थियो। सरकारले उपभोक्ताको सहुलियतकालागि पनि काठमाडौं, ललितपुर र भक्तपुरमा सुहलियत बजार सञ्चालन गरिरहेको उनले जनाए।

 

प्रकाशित: १७ आश्विन २०७३ १०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App