coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

शुक्रबारबाट ‘गरुड पुराण’

काठमाडौं – सातामा दुईदेखि चार फिल्म रिलिज हुने क्रम चलिरहँदा शुक्रबार भने फिल्म ‘गरुड पुराण’ले सोलो रिलिजको अवसर पाएको छ। सुवास कोइराला निर्देशित फिल्मले ब्यान्ड बाजा बजाउने एउटा समूह र उनीहरूको परिवारले गरेको संघर्षको कथालाई प्रस्तुत गरेको छ।

फिल्ममा नाजिर हुसेन, कर्मा, लुनिभा तुलाधर, प्रविण खतिवडा, कमल दोवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मी भट्टस र प्रियंका सिंहको अभिनय छ। अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको फिल्ममा कसम नेपालको कथा, आकाश बराल, विनोद खतिवडा र निर्देशक सुवासकै पटकथा, आकाशको संवाद, सुसन प्रजापतिको छायांकन, रेनाशा बान्तवा राईको नृत्य र उज्ज्वल ढकालको सम्पादन छ।

प्रकाशित: ४ माघ २०७५ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App