७ वैशाख २०८१ शुक्रबार
खेल

आर्मीमाथि एपिएफको रबाफिलो जित

गण्डकी प्रदेशकी ममत डगौरा प्रदेश ५ विरुद्ध स्पाइक गर्दै। तस्बिर : उमेश/नागरिक

पोखरा – सेमिफाइनल समीकरण पूरा हुँदा बिहीबार दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत साबिक विजेता एपिएफसँगै, प्रदेश नं.३, गण्डकी प्रदेश र अर्को विभागीय टोली पुलिस आआफ्ना प्रतिद्वन्द्वीलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा पुगेका छन्।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल सुरक्षित गर्दा अर्को विभागीय क्लब नेपाल पुलिसले पनि अन्तिम चारमा आफूलाई उभ्याएको छ। सरस्वती चौधरीको धारिलो स्पाइक उठाउन आर्मीका खेलाडीका लागि निकै सकस भयो।

आर्मीलाई सोझो सेटमा हराउने क्रममा एपिएफले पहिलो सेट २५–१५ ले आफ्नो बनायो। दोस्रो सेटमा केही सुधारको संकेत गरे पनि आर्मी एपिएफलाई १९–२५ ले  खेल सुम्पन बाध्य भयो। अन्तिम सेटमा पनि एपिएफले आर्मीलाई २५–१६ ले पराजित गर्यो। अन्तिम चारमा पुग्न सफल एपिएफका प्रशिक्षक ज्ञानेन्द्र विष्टले टोलीको प्रदर्शनमा सन्तुष्ट रहेको बताए।

‘टोली राम्रो प्रदर्शन गर्न सफल भयो। पहिलो सेटमा सहज जित निकाले पनि दोस्रो सेटको सुरुआतमा पछि प¥यौं,’ प्रशिक्षक विष्टले भने, ‘हामी खेलमा फर्किन्छौं भन्ने विश्वास थियो। टोलीले राम्रो गरेकाले खेलमा फर्कियौं पनि। हाम्रो उद्देश्य भनेको सबै खेलमा सहज जित निकाल्ने थियो।’ उता पराजित टोलीका प्रशिक्षक कपिलकिशोर श्रेष्ठले खेलाडीको आत्मबलको कमीले गर्दा पराजित हुन पुगेको प्रतिक्रिया दिए।

बिहीबारै सम्पन्न अर्को खेलमा घरेलु टोली गण्डकी प्रदेशले  प्रदेश नं. ५ माथि ३–० को सहज जित निकाल्यो। २५–१४ को पहिलो जित निकालेको गण्डकीले दोस्रो सेट २५–६ र तेस्रो सेट २५–१७ ले आफ्नो बनाउ“दै साबिकको विजेता एपिएफस“गको भेट पक्का गरेको हो। उता गण्डकीस“ग पराजित भएको प्रदेश नं.५ पनि प्रतियोगिताबाट घर फर्किएको छ।

यस्तै, न्यु डायमन्डका खेलाडीको वर्चस्व रहेको प्रदेश नं. ३ ले पनि प्रदेश नं. १ माथि सहज जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। खेलमा प्रदेश नं. ३ ले पहिलो सेट २५–३ को फराकिलो सेटमा बाजी मारेको थियो। पहिलो सेटको सहज जितपछि दोस्रो सेटमा प्रदेश नं. ३ का प्रशिक्षक कुमार राईले दोस्रो रोजाइका खेलाडी मैदान उतारे। त्यसपछि पनि हाबी बनेको प्रदेश नं ३ ले दोस्रो सेट २५–१४ ले आफ्नो बनायो। टोलीले तेस्रो सेटमा २५–१० अंकसहित खेल आफ्नो बनायो।  जितस“गै प्रदेश नं. ३ सेमिफाइनलमा पुग्ने तेस्रो टोली बन्यो। पराजित प्रदेश नं १ भने प्रतियोगिताबाट बिदाइ भयो।

उता बिहीबारै सम्पन्न अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश नं २ लाई २५–१४, २५–१७, २५–१२ ले पाखा लगायो। प्रतियोगितामा शुक्रबार सेमिफाइनल खेल हुनेछन्। पहिलो खेलमा एपिएफले घरेलु टोली गण्डकी प्रदेशको सामना गर्दा दोस्रो खेलमा प्रदेश नं. ३ ले विभागीय टोली नेपाल पुलिसको सामना गर्नेछ।

प्रकाशित: ४ माघ २०७५ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App