७ वैशाख २०८१ शुक्रबार
राजनीति

रुपन्देहीमा राजधानी कायम गर्न काँग्रेसको खबरदारी

बिहिबार काँग्रेस रुपन्देहीले बुटवलमा गरेको खबरदारी सभाका सहभागी तस्विर : रेखा / नागरिक

बुटवल - नेपाली काँग्रेसले रुपन्देहीलाइ नै स्थाइ राजधानी कायम गर्न माग गर्दे बिहिबार बुटवलमा बृहत जनप्रदर्शन तथा खबरदारी सभा गरयो। खबरदारी सभालाइ सम्बोधन गर्दै पार्टीका केन्द्रिय तथा बिभिन्न जिल्लाका नेताहरुले बुटवलबाट राजधानी अन्यत्र सार्ने षडयन्त्र भए त्यसको शसक्त प्रतिरोध गर्ने चेतावनी दिए। समाजिक, आर्थिक, भौगोलिक तथा पर्यटकीय दृष्टिकोणले रुपन्देही प्रदेशको स्थाइ राजधानीकालागि उपयुक्त रहेको र यसले समग्र प्रदेशको विकासमा महत्वपुर्ण योगदान पुग्ने दावी नेताहरुको थियो।

खबरदारी सभालाइ सम्बोधन गर्दै काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले लुम्बिनीको अन्तराष्ट्रिय पहिचान र प्रभावलाइ स्थापित गर्दै त्यसकै आधारसीलामा टकेर समृद्ध प्रदेश बनाउन रुपन्देहीलाइ स्थाइ राजधानी बनाउनु पर्ने बताए।प्रदेशका बाह्रवटै जिल्लाको सामाजिक, आर्थिक, सास्कृतिक तथा भौगोलिक महत्वलाइ लुम्बिनीसंग जोडेर समुन्नत प्रदेश निर्माण गर्न सकिने बताए। पुर्ववती सरकारका पालामा अस्थाइ राजधानी पनि प्रशव पिडाबाटै जन्मिएको प्रदेश ५ को अस्थाइ राजधानीले नै सताब्दियौं सम्म प्रदेश र समग्र राष्ट्रकै हितमा उत्कृष्ट प्रतिफल दिइरहने दावी नेता खाँणको थियो।

‘मुख्य मन्त्री र मन्त्रीका झण्ड हल्लाउन बुटवलमा स्थाइ राजधानी मागेको होइन’। ‘लुम्बिनीको जुन खालको अन्तराष्ट्रिय ग्रयाभिटी छ, विश्वलाइ आकर्षित गर्न सक्ने शक्ति छ त्यही आधारशीलामा टेकेर प्रदेश र सिंगो राष्ट्रले समृद्धि हासिल गर्न सक्छ भन्ने कुरा बुझनु जरुरी छ’ नेता खाँणले भने।दुइ तिहाइको सरकारले लुम्बिनीको अवमुल्यन गर्न नहुँने भन्दै नेता खाँणले पुर्ववर्ती सरकारका सबै निर्णयहरु उल्टाउने प्रयास गरीए कम्युनिष्ट सरकार आफै उल्टिने चेतावनी दिए।

नेता खाँणले बुटवल भौगोलिक,सामाजिक, आर्थिक सबै क्षेत्रबाट स्थाइ राजधानीकालागि उपयुक्त भएको भन्दै प्रदेशका सबै जिल्ला र अन्य प्रदेशकालागि समेत केन्द्र बन्ने दावी गरे। आफना लागी कराडौ रकम खर्चेर बिदेशमा औषधोपचार गनेै प्रधानमन्त्री ओलीले खान नपाउने गरीब दुखी नेपालीलाइ ६५ बर्षमा बृद्ध भत्तादिन दिन नमानेको भन्दै यो सरकार सर्बहाराको हुनै नसक्ने दावी गरे।

केन्द्रिय सदस्य चन्द्र भण्डारीले नामाकरण पहिलो कर्म भएको भन्दै एकबर्ष सम्म नामा र स्थाइ राजधानी तोक्न नसक्दा संघियता प्रति जनताको विश्वास गुम्न सक्ने खतरा औल्याए। समग्र प्रदेशको विकासमा लुम्बिनीले महत्वपुर्ण भुमी खेल्ने कुरालाइ नर्बीसन प्रदेशबासीलाइ आग्रह गर्दै नेता भण्डारीले दिर्घकालिन सोँच र योजना अनुरुप रुपन्देहीलाइ नै स्थाइ राजधानी तोक्नु पर्ने बताए।

दुइ तिहाइको केन्द्र र प्रदेश सरकारले जनताको अवस्था के छ भन्ने सम्बन्धमा ध्यानै नदिइ मन्त्री, सासद र नेताहरुकै भत्ता र सेवा सुविधा बढाएर बिलासी जीवन उपभोग गर्न उद्दत रहेको आरोप लगाए। ससदिय समितिले भष्टाचारी ठहर गरेकालाइ कारबाही गर्न नमान्ने सरकार आफै भ्रष्ट भएको भन्दै उनले सरकारको रबैया यस्तै रहीरहेजनताले सडकबाटै फाल्न सक्ने चेतावनी दिए।

कार्यक्रममा केन्द्रिय सदस्य देवेन्द्रराज कँडेल, रुपन्देही सभापती अब्दुल रज्जाक,पल्पाका सभापती बिरबहादुर राना,अर्घाखाँचीका सभापती बिष्णु मुस्कान, गुल्मीका सभापती भुवन श्रेष्ठ,प्रदेशको संसदिय दलका नेता बलदेव शर्मा पोखरेल,कपिलबस्तुका सभासद बिरेन्द्र कनौडीया,रमा अर्याल,रामकृष्ण खाँण,हरी लम्साल,खेलराज पाण्डे लगायतले बोल्दै बुटवलबाट राजधानी सार्ने षडयन्त्र भए सदन र सडकबाटै त्यसको प्रतिकार गर्ने बताए। केन्द्रको वाइडबडी र प्रदेशको गाडी प्रकरणको प्रसंग कोट्याउदै उनीहरुले दुवै सरकार भष्ट्राचारमा लिप्त हुँदा विकास र सुशासन कायम हुन नसकेको,नाम र स्थाइ राजधानी तोक्न नसकेको र यस्तै अवस्था रहीरहे संघियतानै धरापमा पर्न सक्ने खतारा पनि औल्याए।

प्रकाशित: ४ माघ २०७५ ०१:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App