मोडालिटी बनिसकेको छैन तर पारदर्शी प्रक्रियाबाट नेपालीहरु जापान जान्छन् : मन्त्री विष्ट

बिहिबार, ०३ माघ २०७५, २१ : ५६ नागरिक

काठमाडौं – पारदर्शी तथा प्रतिस्पर्धी प्रक्रियाबाट नेपालीलाई जापान रोजगारी दिलाउन दुवै देशका अधिकारी सहमत भएका छन्। जसका लागि दुवै देशका अधिकारी सम्मिलित संयन्त्र बनाउने सहमति भएको छ।

नेपाल र जापानका सरकारी अधिकारीहरुको प्राविधिक समितिको वैठकले श्रमिक आपूर्तिका लागि नयाँ संयन्त्र बनाएर अघि बढ्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नागरिक न्युजलाई बताए।

"नेपाली कामदार लैजाने विषयमा जापान सहमत छ। तर कसरी पठाउने भन्ने मोडालिटी टुंगिसकेको छैन। नेपालीहरु न्यून लागतमा पारदर्शी ढंगबाट जापान जानुपर्छ भन्नेमा कुनै असहमति छैन। त्यसका लागि संयन्त्र बनाउने सहमति भएको छ" उनले भने।

दुई देशका प्राविधिक अधिकारीको आगामी छलफलले कामदार पठाउने करिव सबै विषय टुंग्याउने मन्त्री विष्टको विश्वास छ। वैठकमा आप्रवासनका क्षेत्रमा स्थापित नविनतम् मान्यता अनुरुप कामदार पठाउने विषय छलफल भएको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए।

वैठकमा जापानी अधिकारीले केही समय अघि जापानको संसद बाट पारित अध्यागन सम्बन्धी नयाँ व्यस्थाबारे जानकारी गराएको प्रवक्ता रेग्मीले बताए। प्राविधिक समितिको वैठकले नेपाली कामदारले जापानमा सिकेको सीप,ज्ञान र अनुभवलाई उद्यमशीलता मार्फत नेपालको विकासमा योगदान पुर्याउने वातावरणको सिर्जना गर्न दुवै देशले सहकार्य गर्ने सहमति भएको छ। 








यसमा तपाईको मत

अन्य समाचार

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टस् प्रालिले विराटनगरमा डिलर मिट सम्पन्न गरेको छ । ...

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

Ncell Footer Ad