coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'कागजकाे हाेइन साँच्चीकैकाे पानी जहाज सुरु गर्दैछाैं'

काठमाडाैं - सरकारले पानी जहाज सञ्चालनका लागि कार्यालय स्थापना गर्ने भएको छ। नेपाल पानी जहाज कार्यालयको स्थापनाका लागि सरकारले कार्यालयको संगठन संरचना स्वीकृत गर्ने निर्णय समेत गरेको छ।

मन्त्रिपरिषदकाे गत पुस २९ गते बसेको बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद वास्कोटाले कागजको नभइ साँच्चीकैको पानी जहाज सञ्चालन गर्न कार्यालय स्थापना गर्ने घोषणा गरे। त्यसका लागि प्रक्रिया अघि बढीसकेको र १६ जना कर्मचारीको दरबन्दी कायम गरिने जानकारी दिए। उनले भने 'फेरी चर्चित विषय  पानी जहाजको कुरा आयो, कागजको होइन साँच्चीकै पानी जहाज सुरु गर्न लागेका छौं, त्यसका लागि कार्यालय स्थापना गर्ने र त्यसको संगठन संरचना स्वीकृत गर्ने निर्णय भएको छ।' 

यस्तै मन्त्रिपरिषद बैठकले भारतसँग रेल खरिदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक स्वीकृती दिने निर्णय समेत गरेको छ। रेल खरिद प्रक्रियाबारे भारतसँग छलफल चलिरहेको मन्त्री वाँस्काेटाले जानकारी दिए।

यस्तै मन्त्रिपरिषदले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेकाहरुको मर्यादाक्रम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेकाे छ भने प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोषको स्थापना र सञ्चालन सम्बन्धी कार्यविधी २०७५ स्वीकृत गरेको छ। यस्तै कर्मचारी सञ्चय कोषको अध्यक्षमा शिशिर कुमार ढुङ्गानालाई नियुक्त गरिएको छ भने उर्जाको संकट समाधान गर्न दैलेख र पाल्पाको तानसेनमा ग्यास खानी सम्बन्धी अन्वेषण गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ। प्रहरी नियमावली २०७५ समेत स्वीकृत भएको छ।

पत्रकार सम्मेलनमा पत्रकारहरुद्वारा सोधिएका प्रश्नका जवाफ दिँदै मन्त्री वाँस्कोटाले प्रदेश २ मा मन्त्रीले कर्मचारी कुटेको भन्ने विषयमा छानबीन भइरहेको र त्यसको निर्णय प्रदेश सरकारले नै लिने बताए। यस्तै चीनसँगको वेल्ट एण्ड रोड इनिसियटिभ कनेक्टिभिटीका बारेमा उर्जा, कृषी, प्रविधिलाई विशेष प्राथमिकतामा राखेको बताए। जापानसँगको श्रम सम्झौता हुुन बाँकी रहेकाले उनले हल्लाको पछि नपर्न नागरिकहरुलाई आग्रह गरे। वैदेशिक लगानि भित्र्याउने कुरामा लगानिकर्ताको अनुरोधमा देशको हित हुने गरि कानुनी समस्या समाधान गर्न, प्रकृयागत झन्झट हटाउन सरकार तयार रहेको मन्त्री वाँस्काेटाले बताए।

प्रकाशित: ३ माघ २०७५ १२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App