coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डा. केसीको जीवन रक्षा गर्न माग

डा. केसीको जीवन रक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै शान्ति समाजका पदाधिकारी । तस्बिर : नागरिक

दाङ – इलाममा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न मानव अधिकार तथा शान्ति समाज दाङले सरकारसँग माग गरेको छ।  डा. केसीले थालेको १६ औँ अनसनप्रति ऐकेवद्धता जनाउँदै डा. केसीको जीवन रक्षाका लागि गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको हो।

शान्ति समाज दाङ शाखाले प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ।  अनसनको आठौँ दिन बितिसक्दा पनि डा. केसीको अनसनप्रति राज्य गम्भीर बन्न नसक्नुले मानव अधिकार संरक्षणको सवालमा राज्य जिम्मेवार नबनेको आशंका व्यक्त गर्दै शान्ति समाजले डा. केसीसँग वार्ताको वातावरण निर्माण गर्नका लागि राज्य गम्भीर बन्नुपर्ने उल्लेख गरेको छ।

जनताको स्वास्थ्य हितका निम्ती पटक पटक अनसन बस्दै आएका डा. केसीका माग पुरा गर्न पनि समाजले सरकारलाई अनुरोध गरेको छ। ‘ग्रामीण स्तरका निम्न वर्गिय नागरिकले समेत सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउनुपर्छ भनेर अनसनमा बस्दै आएका डा. केसीप्रति राज्य गम्भीर बन्न जरुरी छ,’समाजका जिल्ला अध्यक्ष शरद रेग्मीले भने, ‘चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसेका डा. केसीप्रति  राज्य गम्भीर बनोस् र डा. केसीको जीवन रक्षाका लागि तत्काल पहलकदमी थालोस्।’

यसैबीच वाइडबडी जहाज खरिदमा भएको अनियमितता प्रकरणमा संलग्न भनिएकामाथि तत्काल कारवाही थाल्न पनि समाजले सरकारको ध्यानाकर्षण गराएको छ। संसदीय समितिले नै दोषी ठहर्याइसकेको अवस्थामा सरकारले दोषीलाई कारवाही नगर्नु आशंकाको विषय बनेको समेत जनाएको छ। साथै समाजले वाइडबडी प्रकरणमा मुछिएका पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई बर्खास्त गरेर कारवाहीको सुरुवात गर्नुपर्ने बताएको छ।

प्रकाशित: ३ माघ २०७५ १०:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App