१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुख्खा बन्दरगाहको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिकास्थित चोभारमा बिहीबार (आज)  सुख्खा बन्दरगाहाको शिलान्यास गरेका छन्। साविक हिमाल सिमेन्ट  कारखानाले चोभारस्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाहा निर्माणको शिलान्यास गरिएको हो।

प्रधानमन्त्री ओलीले यो बन्दरगाहा निर्माण भएपछि काठमाडौंका लागि उपभोग्य बस्तुको अभाव नहुने बताए। दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रुपमा यो बन्दरगाहा उपयोग हुने प्रधानमन्त्री ओलीले बताए। ओलीले देश तीव्र विकाको गतिमा अघि बढ्ने बताउँदै सरकारका एक वर्ष कानुन निर्माण र अन्य तयारीमा बितेको बताए।

“संविधान थियो कानुन थिएन। त्यसले गर्दा एकवर्ष हामीले कानुन बनाउने काममा बितायौं। हामीले अब काम गर्ने वातावरण बनाएका छौं। अब देश तीव्र गतिमा अघि बढ्छ,” ओलीले भने। बन्दरगाह निर्माणले स्थानीयबासीका लागि रोजगारीका धेरै अवसर सृजना हुने ओलीले बताए।

“यहाँ बन्दरगाहा निर्माणले रोजगारीका धेरै अवसर सृजना गर्छ। यातायाले यस ठाउँलाई विभिन्न ठाउँसँग जोड्छ,” ओलीले भने, “स्थानीयबासीका केही गुनासा र भनाइ भए सम्बन्धित निकायमा जानकारी गराउनुहोस्। सरकारले सकारात्मक ढंगले लिनेछ” ओलीले भने।

ओलीले निर्माण कम्पनीलाई समयमै काम सक्न आग्रह गरे। “तोकिएको मितिमा काम सम्पन्न गर्नुहोस्। गुणस्तरमा सम्झौता नगर्नुहोस्,” ओलीले भने। बन्दरगाहा १ अर्व,४८ करोड ३४ लाखको लागतमा निर्माण हुँनेछ।

प्रकाशित: ३ माघ २०७५ १०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App