८ वैशाख २०८१ शनिबार
समाज

पाँच करोडको सडकमा दसैंमा गाडी चलेनन्

चार महिनादेखि महिनादेखि पहिरोेले अवरुद्ध खलंगा पाँचकटिया सडक खण्डको वाहुनथानमा झरेको पहिरो।

जनक केसी  

जाजरकोट–५ करोड बढी खर्च भएर निर्माण भएकोसडक ४ महिनादेखि बन्द हुँदा स्थानीय मर्कामा परेका छन्।  सदरमुकाम खलंगादेखि पाँच कटियासम्मको सडक गत  ४ महिनादेखि बन्द हुँदा स्थानीय ठूलो मर्कामा परेका हुन्। दैनिक सयौं यात्रुको आवातजावत हुने यो सडकमा गाडी बन्द हुँदा  समस्या परेको हो।

सडक विभाग  र जिल्ला विकास समितिका विभिन्न कार्यक्रममार्फत निर्माण गरिएको सडक  वर्षातमा पहिरोले अवरुद्ध हुँदा  लामो समयदेखि बन्द  भएको हो। सडक बन्द हुँदा दसंैमा घर फर्कने धेरै  स्थानीय सर्वसाधारण यति बेला कष्टपूर्ण  पैदल यात्रा गर्न बाध्य भएका छन्।  
 सडक विभाग र जिल्ला विकास समिति नगरपालिका लगायतका निकायले बाटो मर्मतका लागि कुनै पहल नगर्दा उक्त सडकमा यातायात सुचारु हुन नसकेको  स्थानीयको गुनासो छ। वर्षातका कारण विभिन्न स्थानमा पहिरो आइ अवरुद्ध भएको उक्त वाटो सुचारु गर्नकालागि सरोकारवाला निकायले पहल नगरेको  पैंकका स्थानीय कालीबहादुर सिंहले बताए।

उनले  करोडौं खर्च गरेर  बनेको सडकमा  साना गाडी चल्न  नसकेको भन्दै  सरोकारवाला निकायका कारण चाडपर्वमा आफूहरुले कष्टपूर्ण पैदल यात्रा गरेर घर जानु परेको बताए।  सामान्य पहिरोले अवरुद्ध हुँदासमेत कसैको वास्ता नगर्दा खलंगा पाँच कटिया सडकमा स्थानीयले गाउँ जादा  कष्टपूर्ण यात्रा गर्नु परेको  उनले बताए।

खलंगादेखि ढिमेको पाँच कटियासम्मको   १९ किलोमिटर  उक्त सडकमा मोड र सडकको चौडाइ निकै साँघुरो भएकाकारण   निर्माण भएको ५ वर्षसम्म पनि  यात्रुवाहक ठूला गाडी चल्न सकेका छैनन्। साना गाडी पनि चल्न  समस्या हुँदा सो सडकमा यात्रा गर्ने  विभिन्न  ६ गाविसका जनताले चाडपर्व र अन्य बेला पनि धेरै कष्ट भोग्नु परेको   ढिमेका स्थानीय कालीप्रसाद थापाले बताए। उक्त सडकमा ढिमे, पैंक, अर्छानी, टालेगाउँ, रामीडाडा, पजारु नायकवाडा, रोकायगाउँ  गाविस र जुम्ला जानका लागि  स्थानीयले यात्रा गर्ने गरेका छन्।  

वर्षातका बेला पहिरोका कारण  बन्द हुने उक्त  सडक लामो समयसम्म सरोकारवाला निकायको वेवास्ताका कारण  सुचारु हुन नसकेको भन्दै स्थानीयले तत्काल मर्मत गरी खुलाउन माग गरेका छन्।  सडक विभागको चरम लापरवाहिका कारण  सडकको अवस्था बिग्रँदै गएको स्थानीय र अन्य सरोकारवालाको गुनासो छ ।

सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख जितेन्द्र चौधरी कहिले पनि   कार्यालयमा नबस्ने र कामै नगर्ने  गरेका कारण जिल्लाका विभिन्न सडकहरुको अवस्था बिग्रँदै गएको  सरोकारवालाको भनाइ छ । प्रमुख नभएका कारण आफूलाई काम गर्न समस्या परेको  डिभिजन कार्यालयका कर्मचारी बताउँछन्।

सडक मर्मत लगायतका बारेमा आफूले सम्वन्धित निकायले बारम्बार जानकारी  गराएपनि कुनै वास्ता नगरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको भनाइ छ।  सडक डिभिजन कार्यालयका प्रमुख जितेन्द्र  चौधरीको लापरवाहीका कारण जिल्लाका सडकहरुको अवस्था सुध्रिन नसेकेको  उनले बताए।

 

प्रकाशित: १७ आश्विन २०७३ ०९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App