१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एपिएफ र आर्मीकाे  पहिलाे भिडन्त

सुदुरपश्चिमविरुद्ध स्पाइक गर्दै सशस्त्र प्रहरी । तस्बिर : उमेश/नागरिक

पोखरा - साविकको विजेता एपिएफ क्लबसँगै प्रदेश नं ५ पोखरामा जारी दोस्रो सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। समूह विजेताको छिनोफानोका लागि बुधबार भएको खेलमा विभागीय टोली एपिएफल सुदूरपश्चिम प्रदेशलाई र प्रदेश नं ५ ले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गर्दै अन्तिम ८ को यात्रा तय गर्न सफल भएका हुन्।

प्रतियोगितामा एपिएफ समूह ‘ए’ बाट  र प्रदेश नं ५ समूह ‘बी’ बाट समूह विजेताको रुपमा क्वार्टरफाइलन प्रवेश गरेका हुन्। यस अघि मंगलबार समूह ‘सी’ बाट र समूह ‘डी’ बाट क्वार्टर फाइनल प्रवेश गर्ने टोलीको टुङ्गो लागिसकेको थियो। 

पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको खेलमा एपिएफले सुदुर पश्चिमलाई सोझो सेटमा पराजित गर्ने क्रममा अन्डर १० मा स्तब्ध पार्‍यो। सुदुरपश्चिममाथि २५–४ को जित निकाल्ने क्रममा सुदुरपश्चिमले पहिलो अंकको खाता खोल्दा एपिएफले ६ जोडेको थियो। २ अंक जोड्दा ११ अंक बनाउँदै अगाडि बढेको एपिएफले १९ स्कोर गर्दा सुदुर पश्चिमले ३ अंक बनाएको थियो। पहिलो सेटमा निकै हावी भएको एपिएफले दोस्रो सेटमा पनि लयलाई निरन्तरता दियो। २५–७ को जित निकाल्दै लगातार दोस्रो सेट जितेको एपिएफले तेस्रो सेट पनि फराकिलो अन्तरले बाजी मार्‍यो।

२५–३ फराकिलो जित निकाल्दा सुदुर पश्चिमले पहिलो खाता खोल्दा एपिएफले ७ अंक जोडेको थियो। सुदुर पश्चिमले २ अंक जोड्दा १६ अंक बनाएको एपिएफले सेटमा बाजी मार्दा सुदुरपश्चिमले ३ अंक मात्र जोड्न सकेको थियो। एपिएफसँगको फराकिलो पराजयसँगै सु्दुरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ।

यसअघि बुधबार भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेश नं. १ सँग ३–२ को सेटमा पराजित भएको थियो। पहिलो सेट १३–२५ ले प्रदेश नंं १ लाई सुम्पिएको सुदुर पश्चिमा बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्दै खेलमा फर्किने प्रयास गरेको थियो। निकै प्रतिस्पर्धात्मक चौथो सेटमा २२–२५ को नतिजा सुम्पिएको सुदुरले अन्तिम तथा निर्णायक सेटमा पनि खेलमा फर्किन सकेन। अन्तिम सेट ११–१५ ले गुमाउँदा सुदुरपश्चिमा अघिल्लो चरणको यात्रा कठिन मोडमा पुगेको थियो। दोस्रो खेलमा पनि एपिएफसँग पराजित भएपछि सुदुरपश्चिमको यात्रा समाप्त भएको हो।

प्रतियोगिता अन्तर्गत बुधबारै सम्पन्न अर्को खेलमा प्रदेश नं. ५ ले कर्णाली प्रदेशलाई पनि सोझो सेटमा हराउँन सफल भयो। २५–१५ को जित निकालेको प्रदेश नं. ५ दोस्रो सेट २५–११ ले बाजी मारेको थियो। लगातार दुई सेटको जित पछि आत्मविश्वासी देखिएको प्रदेश नं. ५ ले तेस्रो सेटमा २५–१० को जित निकाल्दै अन्तिम ८ को यात्रा तय गरेको हो। बुधबारै सम्पन्न लिगका दुई खेलमा नै पराजय भोगेको कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा प्रदेश नं.२ सँग ३–१ को सेटमा स्तब्ध हुँदा कर्णालीलाई अघिल्लो चरणको यात्रा कठिन भएको थियो। पहिलो सेटमा २३–२५ नतिजा सुम्पिएको कर्णालीले दोस्रो सेट २५–१० आफ्नो बनाए पनि बाँकी दुई सेटमा पराजित भएको थियो। 

प्रतियोगितामा बिहीबारबाट क्वार्टर फाइनलका खेल हुनेछन्। पहिलो खेलमा विभागीय टोली एपिएफ र त्रिभुवन आर्मी क्लब बीच खेल हुँदा दोस्रो खेलमा प्रदेश नं. ५ र गण्डकी प्रदेशको सामना गर्नेछ। तेस्रो क्वार्टफाइनलमा प्रदेश नं. ३ ले प्रदेश नं. १ को सामना गर्दा अर्को विभागीय टोली नेपाल पुलिसले प्रदेश नं. २ को सामना गर्नेछ। 

प्रकाशित: ३ माघ २०७५ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App