coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘स्वतन्त्रताका लागि देश छोड्ने निर्णय’

टोरन्टो – कुवेतबाट थाइल्यान्ड हुँदै शरण लिन क्यानडा पुगेकी साउदी युवती रहफ मोहम्मदले अल–कुनुनले आफू स्वतन्त्र जीवनका लागि परिवारबाट भागेको र त्यो जोखिम आफ्नो हितका लागि लिनै पर्ने काम भएको बताएकी छन्।दुई साताअघि १८ वर्षीया मोहम्मद अल–कुनुनलाई थाई अध्यागमन अधिकारीहरूले नियन्त्रणमा लिएका थिए। स्वदेश फिर्ता पठाउन खोज्दा उनले विमानस्थलस्थित होटलको कोठा थुनेर घर नजाने अडान लिएकी थिइन्।

परिवारले आफूसँग दुव्र्यवहार गरेको आरोप लगाउँदै उनले घर फिर्ता गए आफ्नो हत्या हुन सक्ने बताएकी थिइन्। ‘मैले लिएको जोखिम लिनैपर्ने थियो। मैले गुमाउनुपर्ने केही थिएन,’ टोरन्टो स्टार समाचारपत्रिकासँग कुराकानी गर्दै मोहम्मद अल–कुनुनले बताइन्। ‘हामीलाई एउटा वस्तु र दाससरह व्यवहार गरिन्छ,’ उनले भनिन्। ‘म मानिसलाई आफ्नो कथा र साउदी महिलासँग कस्तो व्यवहार हुन्छ त्यो भन्न चाहन्थेँ,’ उनले बताइन्।

परिवारसँग कुवेत गएको बेला उनी विमान चढेर भागेकी थिइन्। उनका अनुसार उनीसँग अस्ट्रेलियाको प्रवेशाज्ञा थियो र उनी बैंकक हुँदै त्यता जान चाहन्थिन्। तर विमानबाट ओर्लिदै गर्दा एक साउदी कूटनीतिज्ञले आफ्नो राहदानी खोसिदिएको उनको दाबी छ। 

 

प्रकाशित: ३ माघ २०७५ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App