६ वैशाख २०८१ बिहीबार
समाज

छन्द कवि दाहाललाई विष्णुलक्ष्मी साहित्य सम्मान

दोलखा – अभियन्ता एवं गजलकार बलराम दाहालले विष्णुलक्ष्मी साहित्य सम्मान पाएका छन्। गृहजिल्ला दोलखामा कवि दाहाललाई विष्णुलक्ष्मी साहित्य पुरस्कार समितिले १० हजार नगदका साथमा उक्त सम्मान प्रदान गरेको हो।दाहालले छन्द कविता र नेपाली गजलको विकास, विस्तार तथा साहित्य क्षेत्रमा योगदान गरेबापत सम्मान गरिएको समितिले जनाएको छ। उनलाई मंगलबार चरिकोटमा आयोजित कार्यक्रममा पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले उक्त सम्मान गरेका थिए।

गजल क्षेत्रमा सक्रिय संस्था अनाम मण्डलीका पूर्वअध्यक्ष समेत रहेका दाहालले उनको कार्यकालमा राजधानीमा पहिलोपटक प्रथम अन्तर्राष्ट्रिय गजल सम्मेलन सम्पन्न गर्नुका साथै प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय विभूति मोतिराम भट्टको सालिकसमेत निर्माण गरेका थिए। कवितालाई मात्र प्राथमिकता दिने प्रज्ञा प्रतिष्ठानले उक्त गजल महोत्सवपछि गजललाई पनि प्राथमिकता दिन थालेको हो।

सम्मान कार्यक्रममा कवि दाहालले दुईवटा छन्द कविता वाचन गरी सहभागीहरूलाई मन्त्रमुग्ध बनाएका थिए। छन्द कविताबाटै दोलखाको परिचय झल्काएका दाहालले ‘विकास’ कवितामार्फत राजनीतिक नेताहरूलाई चोटिलो प्रहार गरे।
क्याप्सनः छन्द कवि बलराम दाहाललाई विष्णुलक्ष्मी साहित्य सम्मान प्रदान गर्दै पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल।

प्रकाशित: ३ माघ २०७५ ०२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App