केसीलाई आइसियुमा राख्न विशेषज्ञको सुझाव

बिहिबार, ०३ माघ २०७५, ०७ : २७ भीम चापागाईं

इलाम - विगत आठ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई आइसियु (इन्टेन्सिभ केयर युनिट) मा राख्न विशेषज्ञ टोलीले सुझाव दिएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको विशेषज्ञ टोलीले बुधबार अपराह्न ३ः५० बजे इलाम अस्पतालमा डा. केसीको स्वास्थ्य परीक्षण गरेको थियो।

उनको स्वास्थ्य अवस्था अत्यन्त जटिल देखिएकाले आइसियुमा राख्न टोलीले सुझाव दिएको हो। डा. केसीको शरीरमा अक्सिजनको मात्रा ८० प्रतिशतसम्म कम हुँदै गएको, श्वासप्रश्वासमा समस्या रहेको र मुटुको चाल ३५ देखि दुई सयसम्म पुगेको टोली प्रमुख तथा प्रतिष्ठानका सहनिर्देशक डा. विकास साहले जानकारी दिए। ‘डा. केसीको शरीरमा ग्लुकोजको मात्रा पटकपटक कम भएर ५० भन्दा तल पुगेको छ,’ उनले भने, ‘तर डा.केसीले ग्लुकोज लिन अस्वीकार गर्नुभएको छ।’ डा. केसीलाई जुनसुकै बेला जे पनि हुनसक्ने भएकाले तत्काल आइसियु भएको सुविधासम्पन्न अस्पतालमा लैजानु आवश्यक देखिएको उनले बताए।

चिकित्सकका अनुसार डा.केसीको मुटु, घाँटी, फोक्सो, पेटलगायतमा समस्या देखिएको छ। शरीरमा पानीको मात्रा कम भइ टाउको दुख्ने, हातखुट्टा बाउँडिने समस्या देखापरेको र अनशनका कारण हानिकारक रसायनहरू किटोएसिड र ल्याक्टिक एसिड बढेको विशेषज्ञ टोलीको रिपोर्टमा उल्लेख छ। ‘शरीरमा प्रोटिन घटेर ३.३ ग्राम प्रतिडिएल पुगेका कारण खुट्टा सुन्निन थालेको छ। संक्रमणबाट बचाउने सेतो रक्तकोशिका निकै कम हुँदै गएको छ,’ रिपोर्टमा उल्लेख छ, ‘शरीरमा पानीको मात्रा कम हुँदा मृगौलाले काम गर्न छाडेको छ।’

धरानबाट बुधबार ६ विशेषज्ञको टोली केसीको स्वास्थ्य परीक्षणका लागि इलाम आएको हो। टोलीमा डा. साहसहित मुटुरोग विशेषज्ञ डा. प्रशान्त साह, जेनरल फिजिसियन डा. अजय यादव, एनेस्थेसियोलोजी तथा आइसियु विशेषज्ञ डा. सविन भण्डारी, ल्याब टेक्निसियन जितेन्द्र यादव र स्टाफ नर्स रचना राणालगायत थिए। स्वास्थ्य मन्त्रालयको निर्देशनमा टोली इलाम आएको इलाम अस्पतालका चिकित्सक डा. वृजेन्द्रकुमार साहले जानकारी दिए। डा. केसीको उपचारपछि बुधबार टोली धरान फर्केको अभियन्ता देवराज भारद्वाजले जनाए। डा.केसीका अभियन्ता धर्म गौतमले डा. केसी इलाम छाडेर अन्यत्र जान नचाहेको बताए। ‘इलाम बसेरै माग पूरा गराउँछु, अन्यत्र जाँदिनँ भन्नुहुन्छ,’ गौतमले भने। डा. केसीको स्वास्थ्य अवस्था नाजुक भएपछि चिकित्सकको सल्लाहमा डा. केसीलाई मंगलबारदेखि एन्टिबायोटिक प्रयोग गरिएको छ।







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad