८ वैशाख २०८१ शनिबार
राजनीति

गुटबन्दी अन्त्य हुनुपर्छ : महत

तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत - कांग्रेस नेता डा. रामशरण महतले पार्टीलाई नयाँ जीवन दिनका लागि गुटबन्दी र व्यक्तिवादी प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन्। उनले पार्टीमा पुर्‍याएको योगदान, योग्यता र क्षमताका आधारमा सबै तहमा जिम्मेवारी दिइनुपर्ने बताए। पार्टीको नेतृत्वले नै गुटबन्दी गर्ने गरेको बताउँदै नेता महतले मूल सफा भएमात्रै पार्टीले नयाँ जीवन पाउने बताए।

‘पार्टीलाई नयाँ ढंगले अगाडी बढाउनका लागि नेतृत्वले आफ्नो कार्यशैली सुधार्नुपर्छ’ बुधबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा नेता महतले भने, ‘त्यसका लागि सबैभन्दा पहिले गुटबन्दी र व्यक्तिवादी प्रवृत्तिको अन्त्य गरिनुपर्छ।’ नेता महतले पार्टीका हरेक निर्णय सहमति र सहकार्यका आधारमा गरिनुपर्ने बताए।

पूर्व अर्थमन्त्रीसमेत रहेका महतले पूर्वाधार निर्माणविना देश समृद्ध नहुने भएकाले चीनवाट रेल ल्याउनु पहिले सबै स्थानीय तहमा सडक पुर्‍याउन सरकारलाई सुझाव दिए। ‘जनताका आधारभूत आवश्यकता अर्कै छन्, प्रधानमन्त्री चीनबाट रेल ल्याउने कुरा गरिराख्नु भएको छ’ उनले भने, ‘रेल ल्याउनुभन्दा पहिले सबै स्थानीय तहका सडक र अन्य पूर्वाधार पुर्‍याउन सुझाव दिन्छु।’ उनले दुई तिहाई बहुमत प्राप्त सरकारले कांग्रेसले संचय गरेको ढुकुटी रित्याउने बाहेक काम गर्न नसकेको आरोप लगाए। ‘दुई तिहाईको सरकारले कांग्रेसले सुरु गरेका पूर्वाधारमा आफ्ना नेताहरुका नाम राख्नबाहेक अर्को उपलब्धी गर्न सकेको छैन्’ नेता महतले भने, ‘कम्युनिष्टको कुशासनका कारण देश वर्वादिको बाटोमा गइरहेको छ।’

 

प्रकाशित: २ माघ २०७५ १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App