८ वैशाख २०८१ शनिबार
राजनीति

इलाकालाई आधार मानेर पुर्नसंरचना गर्न आयोगलाई तीन दलको आग्रह

प्रमुख तीन दलकाे बैठकमा सहभागी नेताहरू। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–प्रमुख तीन राजनीतिक दलले पुरानै इलाकालाई आधार बनाएर स्थानीय निकायको पुर्नसंरचना गर्न स्थानीय निकाय पुर्नसंरचना आयोगलाई आग्रह गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सोमबार बसेको प्रमुख तीन दलको बैठकले स्थानीय निकाय पुर्नसरचना गर्न इलाकालाई आधार बनाउन आग्रह गरेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए।

यसअघि नै प्रमुख तीन दलबीच पुरानै संरचना अनुसार इलाकालाई आधार मानेर स्थानीय निकाय पुर्नसंरचना गर्ने सहमति भएको थियो।  दलहरुबीच राज्य पुर्नसंरचनाका विषयमा नयाँ सहमति बनेपछि सरकारले आयोगलाई नयाँ कार्यादेशसमेत दिइसकेको थियो। तीन दलको निर्णयप्रति स्वयं आयोग, मधेसी मोर्चा तथा राप्रपा नेपाललगायतका राजनीतिक दलले आपत्ति जनाएका थिए।

बैठकमा आयोगकातर्फबाट अध्यक्ष बालानन्द पौडेल सहभागी थिए। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै आयोग अध्यक्ष पौडेलले स्थानीय निकाय पुर्नसंरचना गर्दा इलाकालाई आधार मान्ने एउटा आधार तयार भएको संक्षिप्त प्रतिक्रिया दिए।

यसैबीच बैठकले स्थानीय निकाय पुर्नसंरचना आयोगको म्याद कात्तिक सम्म थप गर्ने निर्णय गरेको छ। यसअघि आयोगको म्याद यही असोजसम्म थियो। बैठकले आयोगका म्याद एक महिना थप गर्दै कात्तिकभित्र प्रतिवेदन बुझाउन आग्रह गरेको एमाले उपाध्यक्ष भीम रावलले जनाए। बैठकले आयोगले प्रतिवेदन नबुझाउन्जेल कुनै पनि जिल्लाका स्थानीय विकास अधिकारीको सुरुवा नगर्ने निर्णय गरेको छ।

 

प्रकाशित: १७ आश्विन २०७३ ०७:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App