७ वैशाख २०८१ शुक्रबार
अर्थ

धादिङ उद्योग वाणिज्य संघमा खत्री

धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित रुद्रबहादुर खत्री।  तस्बिर : सरिता/नागरिक

धादिङ – धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा रुद्रबहादुर खत्री विजयी भएका छन्। धादिङबेंसीमा भएको २५औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले खत्री आगामी कार्यकालका लागि विजयी भएका हुन्। खत्रीले ६ सय ५४ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी विष्णुप्रसाद थपलियाले ६ सय १२ मत ल्याए। खत्री प्रगतिशिल प्यानलका उम्मेदवार हुन् भने थपलिया लोकतान्त्रिक प्यानलबाट उम्मेदवार बनेका हुन्। कार्यसमिति सदस्यमा अघिकांश प्रगतिशिल प्यानलबाट विजयी भएका छन्। अध्यक्षमा निर्वाचित भएसँगै व्यवसायीको हक र हितका निम्ति काम गर्ने खत्रीले बताएका छन्। 

महिला सदस्यमा विष्णु श्रेष्ठ, मनमाया गोतामे, गीता पाठक निर्वाचित भएका छन्। त्यस्तै एसोसियट सदस्यमा पुष्प थपलिया र सुरेन्द्र श्रेष्ठ निर्वाचित भए। उद्योग सदस्यमा अजय त्रिपाठी (रमेश), राजाराम सिलवाल, वाणिज्य सदस्यमा राजेश अधिकारी, रामकुमार शाह निर्वाचित भएका छन्। बस्तुगत सदस्यमा गोविन्द भण्डारी र रमेशभाई अधिकारी विजयी भएका छन्।  त्यस्तै खुल्ला सदस्यमा निर्पेश न्यौपाने, विश्वराम दुवाडी, लोकनाथ डल्लाकोटी, किरण रावल, रामकुमार डल्लाकोटी, ईश्वरप्रसाद कोइराला, शंकर पण्डित, सुदिप रसाइली र विष्णुमणि श्रेष्ठ निर्वाचित भएका छन्। 

संघको उत्तर क्षेत्रको अध्यक्षका प्रत्यसी दुर्गादत्त उप्रेती र शुसिल अधिकारीको बराबरी भोट आएको छ। गोलाप्रथाद्वारा पहिलो १८ महिना कार्यकालका लागि उप्रेती र दोस्रो १८ महिला कार्यकालका लागि अधिकारी निर्वाचित भएका छन्। उत्तर क्षेत्रिय प्रतिनिधिमा रबिन्द्र बुर्लाकोटी, सन्जु श्रेष्ठ, विनोदकुमार श्रेष्ठ, रमेश कुमाल, नविनकाजी श्रेष्ठ, हिरामान मानन्धर, शिवप्रसाद रिमाल र यज्ञबहादुर अधिकारी विजयी भएका छन्।  संघको मध्य क्षेत्रमा राजकुमार श्रेष्ठ (डाडाँघरे) अध्यक्षमा निर्वाचित भएका छन्। भने क्षेत्रिय प्रतिनिधिमा राजकुमार श्रेष्ठ (माझघरे), बलराम खत्री, गणेश थापा, सुवास बसेल, धननारायण श्रेष्ठ, किरण पाठक, हबि महमत, रेगन श्रेष्ठ निर्वाचित भएका छन्। 

त्यस्तै दक्षिणी क्षेत्रको अध्यक्षमा दिपककुमार कार्की निर्वाचित भएका छन्। त्यस्तै दक्षिण क्षेत्रिय सदस्यहरुमा ऋषिनाथ त्रिपाठी, यन्त्रबहादुर गापा, भरत बराकोटी, कुमार बस्नेत, राजु पौडेल, जीवन विश्वकर्मा, सुब्बाबहादुर मगर र रामबाबु रेग्मी विजयी भएका छन्। 

प्रकाशित: २ माघ २०७५ ०६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App