७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

सरकार र फार्क समूहको शान्ति सम्झौता जनमत संग्रहद्वारा अस्विकार

कोलम्बिया– कोलम्बियामा भएको जनमतसंग्रहले सरकार र विद्रोही फार्क समूहबीच भएको शान्ति सम्झौता अस्विकार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

आइतबार भएको जनमत संग्रहमा शान्ति सम्झौता विपक्षमा ५०.२४ प्रतिशत मत परेको हो। विगत चार वर्षदेखि जारी शान्ति प्रक्रियालाई अन्तिम रुप दिन गत हप्ता राष्ट्रपति जुआन म्यानियुल सान्तोष र फार्क समूहका सर्वेच्च नेता टिमिलोनो जिमिनेजले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। कोलम्बिया भएको गृहयुद्धलाई विश्वको सबैभन्दा लामो गृहयुद्धका रुपमा लिइन्छ।

जनमतसंग्रहको नतिजापछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति सान्तोषले आफूले जनताबाट आएको मतको कदर गर्ने भन्दै देशमा शान्ति स्थापना गर्नका लागि आफू निरन्तर लागि पर्ने बताए। उनले भने, ‘जनमतसंग्रहमा जनताले सरकार र फार्क समूहबीच भएको शान्ति सम्झौताको विपक्षमा मतदान गरेका छन्। यसलाई हामी सम्मान गर्छौं र अब कस्तो कदम चाल्ने भन्ने विषयमा म फार्क समूहका नेतासँग छलफलका लागि क्युवा जाँदैछु।’

फार्क समूहलेपनि आफूहरुले जनताको मतको कदर गर्ने र आफू अब राजतनीतिक प्रकृयामा जान चाहेको भन्दै अब युद्धको बाटो नरोज्ने बताएको छ।

 

प्रकाशित: १७ आश्विन २०७३ ०५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App