८ वैशाख २०८१ शनिबार
राजनीति

एमाले दाङको अध्यक्षमा खड्का

 

तुलसीपुर (दाङ)—नेकपा (एमाले)को १२ औँ जिल्ला अधिवेशनले टीकाराम खड्काको अध्यक्षतामा ८१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ। समितिको उपाध्यक्षमा हुकुम बस्नेत, सचिवमा हीराचन्द्र केसी र उपसचिवमा सुरामणि बेल्बासे चयन भएको एमाले पोलिटब्युरो सदस्य भागवत विश्वासीले जानकारी दिए।

खुल्लातर्फका १८ जना सदस्यमा देवराज विश्वकर्मा, अमर ओली, चुर्णबहादुर ओली, भूपबहादूर केसी, अमर खड्का, नेत्रमणि लामिछाने, मनोहर बुढाथोकी, शरद अधिकारी, श्याम डाँगी, सुरेश आचार्य, नारायण छम्पाली, नरेन्द्रराज पोख्रेल, खिमबहादुर केसी, गेहेन्द्र बस्नेत, केशव न्यौपाने, दामोदर लामिछाने, पदम केसी र विनोद शर्मा चयन भएका छन्।

खुल्ला वैकल्पिक आठ सदस्यमा लालबहादुर केसी, रविलाल बस्नेत, सुब्बा तामाङ, जीतबहादुर ओली, कालिराम चौधरी, किरण भण्डारी, कुलबहादुर लामिछाने र धर्म परियार चयन भएका छन् ।

पाँच महिला सदस्यमा सावित्रा विश्वकर्मा, सीमा न्यौपाने, तारा देवकोटा, चित्रा धिताल र सावित्रा रिजाल चयन भएका छन्। खुल्ला महिला वैकल्पिकतपर्फ चार जना सदस्यमा सीता चौधरी, शिल्पा चौधरी, मनसरा ओली र सीता आचार्य चयन भएका छन्। रासस

 

प्रकाशित: १७ आश्विन २०७३ ०५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App