coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

देउडामय बन्यो माघी

देउडा प्रतियोगितामा देउडा खेल्दै प्रतियोगी देउडा समुह । डिबी/नागरिक

जुम्ला – जुम्लामा पहिलो पटक माघे संक्रान्तिको अवसरमा जिल्ला स्तरिय खुला देउडा प्रतियोगता शुरु भएको छ। प्रतियोगितामा जिल्ला भरीका देउडा पारखीले टिम दर्ता गराएको कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा १८ वटा टिमले सहभागिता जनाएका छन्।

“चिसो हुँदै बिदा भैगईस,पुसका रातिअ,देउडा खेल्दै मनाउन्य हो,माघे संक्रान्तिअ” भन्ने मुुल नाराका साथ देउडा प्रतियोगिता आयोजना गरिएको हो। चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले देउडा प्रतियोगिताको उद्घाटन गरिन्। देउडा खेलमा सहभागि हुँदै उनले भनिन्,“हराउन लागेको देउडा जोगाउनको लागि यो कार्यक्रमले मद्दत पुग्ने छ।” आगामी दिनमा देउडा जोगाउने अभियानमा साथ दिने छौँ।

नगरपालिकाको निति तथा कार्यक्रममै समाजको ऐनाको भुमिका निर्वाह गर्ने देउडा बचाउने अभियानलाई समावेश गर्नेछौँ। देउडा विभिन्न विषयवस्तुमा केन्द्रित रहेर खेलिएको थियो। जुम्लामा पप,र्याप र आधुनिक गित मौलाउदै जाँन थालेको छ, उनले भनिन्, “पुर्खाहरूको संस्कार बचाउनु अहिलेको पुस्ताको जिम्मेवारी हो।”

प्रतियोगितामा पुर्णप्रसाद धिताल, कर्णबहादुर तिमल्सिना र दुर्गा आचार्य मुल्यांकन समितिमा छन्। पहिलो दिन १८ समुहकै खेल सकिएको छ। मुल्यांकन समितिले नतिजा सार्वजनिक गरेपछि ९ समुहले प्रतिस्प्रर्धा गर्ने छ। माघ २ गते भूकम्प दिवशको दिनमा फाइनल खेल सकिने आयोजक कर्णाली देउडा समाजले जनाएको छ।

प्रकाशित: १ माघ २०७५ १२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App