गोरु जुधाएर मनाइयो माघे संक्रान्ति

मङ्गलबार, ०१ माघ २०७५, १८ : २१ भगवती लामा

98


नुवाकोट – नुवाकोटका विभिन्न ठाउँमा गोरु जुधाएर माघे संक्रान्ति पर्व मनाएका छन्। किसानले खेतवारी जोत्न प्रयोग गरिएको गोरुलाई गोरु जुधाई मेलामा सहभागी गराइएको थियो। जिल्लाको विशेष गरी तारुका, बेत्रावती र पञ्चकन्याको घलेभञ्जयाङ (पिपलडाडा) मा गोरु जुधाइँ मेला हुने गरेकोमा यस वर्ष शिवपुरी गाउँपालिकाको शेरा बगर र लिखु गाउँपालिकाको कट्टिछापमा गोरु जुधाइएको छ।

आयोजकले दिएको जानकारी अनुसार यी पाँचै ठाउँमा गरी ५१ हल गोरु जुधाइएको हो। घरमा रहेको राते वहर गोरुलाई जुधाउनका लागि चार पटकसम्म वेत्रावतीमा ल्याइएको गोरु धनी तुप्चेका रामबहादुर न्यौपानेले बताए। “माघे संक्रान्तिमा रमाइलोको लागि गोरु जुधाउने गरिएको छ। मैले पनि रमाइलोकै लागि एउटै गोरुलाई अहिलेसम्म चार पटक सहभागिता गराए। कहिले जित्छ, कहिले हार्छ,” न्यौपानेले भने, “पुस महिना लागेपछि जुधाउनुपर्छ भनेर बढि स्याहार गरिन्छ र खानपानमा पनि विशेष जोड दिने गरेका छौँ।”

गाउँभरका गोरुहरूलाई एकआपसमा जुधाएर जसले जित्छ उसैलाई मेलामा सहभागि गराइने प्रचलन समेत रहेको छ। पसहलोपटक गोरु जुधाउन ल्याएका तुप्चे महादेवखर्कका चतुरमान तामाङले भने, “गाउँमा हामीले पुस १० गते एकअर्काको विचमा गोरु जुधायौँ। मेरो छनोट भयो र हिजै लेराएको,” तामाङले भने, “अहिले खेतवारी जोत्ने समय हो तर संक्रान्तिमा गोरु जुधाउन पर्छ भनेर नजोति बसेका छौँ।” विदुर नगरपालिका वडा नम्बर १० (नुवाकोट र रसुवाको संगम स्थल) बेत्रावतीमा ८ हल गोरु जुधाइएको छ।

कृषिमा आधुनिकीकरण हुँदै जाँदा हाते ट्याक्टरको प्रयोग बढ्दा गाउँघरमा गोरु पाल्ने चलन हराँउदै जान थालेपछि प्रतियोगिता सञ्चालनमा समस्या आउने गरेको क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलले बताए। ‘हाते टयाक्टरको प्रयोगले गोरु पाल्ने किसान विस्तारै घट्न थालेका छन्, उनले भने, गाउँ घरमा केही कृषकले मात्र गोरु पाल्छन्।’  यस्तै “तारुकाको पौरख नेपालको गौरव” भन्ने नारा सहित तार्केश्वर गाउँपालिका वडा नम्बर ३ तारुकामा २३ हल गोरु दर्ता भएका थिए। गोरुको मोटाई, उचाइ र बलियोको आधारमा तीन श्रेणी छुट्टाएर गोरु जुधाइएको छ। पहिलो श्रेणीमा १०,  दोश्रो श्रेणीमा १० र  तेश्रो श्रेणीमा ३ हल गोरु रहेको गोरुजुधाई संरक्षण सस्थाका सचिव केशव रिमालले बताए।

बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा राजकुमार जयपृथ्वीबहादुर सिंहको उपस्थितीमा वि.स १८ सय ८७ सालदेखि सुरु भएको गोरु जुधाई महोत्सवलाई २०६२ सालदेखि स्थानीय युवाहरूले सस्कृतिको संरक्षण तथा पर्यटनको प्रवद्धनको लागी केन्द्रित रहेर व्यवस्थित रुपमा गोरु जुधाई पर्वको रुपमा मनाउदै आएका छन्। बझांङ्गी राजकुमार जयपृथ्वीबहादुर सिंह मावली गाँउ तारुका आउदा उनलार्ई मनोरञ्जन दिन जुधाइएको गोरुलाई स्थानीयवासीले निरन्तरता दिँदै आहिले संस्कृति, परम्परा र पर्यटन प्रवर्द्धनसँग जोडेर व्यवस्थित रुपमा निरन्तरता दिँदै आएका छन।

यस्तै पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ घलेभञ्जयाङ (पिपलडाडा) मा ८ हल गोरु जुधाइएको छ। पञ्चकन्यामा रहेको नवप्रतिभा युवा समूहले आयोजना गरेको गोरु जुधाइको लागि ८ हल गोरुबीच प्रतिष्पर्धा गराइएको आयोजक समूहका अध्यक्ष शिवहरी विष्टले बताए।  परापूर्वकालदेखि चल्दै आएको गोरु जुधाई मेलालाई निरन्तरता दिन हरेक वर्षको माघ १ गते २०७२ सालदेखि गोरु जुधाई प्रतियोगिता नवप्रतिभा युवा समूहले आयोजना गर्दै आएको अध्यक्ष विष्टले बताए।

यस्तै कृषि पर्यटन समृद्धि र उत्थान, ऐतिहासिक गोरु जुधाई शिवपुरीको पहिचान भन्ने नारा सहित महाकाली कृषि सहकारी सस्था लिमिटेडले आयोजना गरेको गोरु जुधाई कार्यक्रममा ६ हल गोरुबीच प्रतिष्पर्धा गराइएको छ। पहिलेदेखि नै माघ १ गते गोरु जुधाइदै आएकोमा पछिल्लो समय  रोकिन पुगेकोले त्यसलाई निरन्तरता दिइएको अध्यक्ष मधुप्रसाद पोखरेलले बताए। उनको अनुसार गोरु जुधाई प्रतियोगितामा पहिलोलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रोलाई ३ हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको थियो।

यस्तै लिखु गाउँपालिका वडा नम्बर ३ कट्टिछापमा रहेको मगर संघले हाम्रो संस्कृति हाम्रो पहिचान भन्ने नारा सहित गोरु जुधाई कार्यक्रम गरेको छ ।  गोरु जुधाउनको लागि ६ हल गोरु दर्ता भएको र सोही अनुसार प्रतिष्पर्धा गराईएको राजु जर्गा मगरले बताए।







यसमा तपाईको मत


अन्य समाचार

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

यो हो अहिलेको सबैभन्दा राम्रो क्यामरा भएको स्मार्टफोन

यो हो अहिलेको सबैभन्दा राम्रो क्यामरा भएको स्मार्टफोन

DxOMark अनुसार अहिलेको सबैभन्दा अब्बल क्यामरा स्मार्टफोन ! ...

फेसबुकबाट तपाईंको सम्पूर्ण जानकारी कसरी डाउनलोड गर्ने ?

फेसबुकबाट तपाईंको सम्पूर्ण जानकारी कसरी डाउनलोड गर्ने ?

तपाईंको फेसबुकसँग भएको सम्पूर्ण जानकारी पूर्ण डाउनलोड गर्नका लागि यस्तो गर्नुहोस् : ...

Ncell Footer Ad