शेयर बजारमा दोहोरो अङ्कको वृद्धि

मङ्गलबार, ०१ माघ २०७५, १६ : १३ नागरिक

36


काठमाडौं – धितोपत्र बजारमा मंगलबार (आज) पनि शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर १ हजार १९५ दशमलव ५४ विन्दुमा पुगेको छ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज तीन दशमलव ०६ विन्दुले बढेर २५३ दशमलव ५५ विन्दुमा पुगेको छ। स्टककाअनुसार आज कूल १५८ कम्पनीको आठ लाख ३५ हजार २३९ कित्ता शेयर रु ३९ करोड ७३ लाख ५५ हजार ५४० मा खरीद बिक्री भए।

स्टकका अनुसार आज कारोवार भएका ११ उपसमूहको शेयरमा वृद्धि भएको छ। बैंकिङ पाँच दशमलव ०४, व्यापार दुई दशमलव ८७, होटल छ दशमलव पाँच, विकास बैंक १६ दशमलव ७५, जलविद्युत् ५२ दशमलव ७७, वित्त शून्य दशमलव ८९, निर्जीवन बीमा २३२ दशमलव ९२, उत्पादन दुई दशमलव ६५, अन्य ११ दशमलव ५५, माइक्रोफाइनान्स ५३ दशमलव ५४ र जीवन बीमा १९७ विन्दुले वृद्धि भएको छ।

बढेको बजारमा नागरिक लगानी कोष, गरिमा विकास लघुवित्त वित्तीय संस्था, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, अरुण कोवेली पावर, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था, साग्रिला डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन्।

सिद्धार्थ इक्विटी फण्ड, गण्डकी विकास बैंक, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट, गुर्खाज फाइनान्स, मल्टिपर्पोज फाइनान्स कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंकका शेयरधनीले बढी गुमाएका छन्।    (रासस)






यसमा तपाईको मत


अन्य समाचार

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

ग्यालेक्सी एस १० र १० प्लस र ग्यालेक्सी एस १० ई ...

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

fix ad for sagoon